HamroNepalDainik.com
समाचार

परिवार दलको प्रदेश दुइको संयोजकमा सन्तोष कुमार पौडेल सर्वसम्मत चयन

वीरगञ्ज १ मंसिर,

तेस्रो राष्ट्रिय महाधिबेशनको संघारमा रहेको नेपाल परिवार दलको प्रदेश नं. दुईको अधिवेशन जनकपुरधाममा सम्पन्न भएको छ। कार्तिक २३ मा सम्पन्न अधिवेशनले १०१ सदस्यीय समिति सर्बसम्मत चयन गरेको छ । अधिबेशनले प्रदेश संयोजकमा सन्तोष कुमार पौडेल , सहसंयोजक सन्तोष दास र अब्दुल कयुम शाहलाइ चयन गरेको भने सचिवमा मनोजलाल कर्ण तेसैगरी कोषाध्यक्षमा रीता महतोलाई चयन गरेको छ।

प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पार्टिका प्रवक्ता एवं प्रदेश दुइका संयोजक पौडेलले देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण शान्ति तथा विकास प्रेमी नागरिकहरु एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भयो । नेता पौडेलले पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनु पर्ने उल्लेख गर्नु भयो । पौडेल ले भन्नु भयो प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने हुँदा सबै नागरिकलाई समयमै निशुल्क खोप प्राकृतिक बिपत्ति पिडितलाई तुरुन्त उचित राहत, नेपालको हित केन्द्रित आर्थिक कुटनीति तथा युवाहरुलाई रोजगारीको ग्यारेन्टी जस्ता बिषयहरुमा सर्बपक्षीय सहमति गरेर राष्ट्रिय ध्यान केन्द्रित गर्नु आवस्यक रहेको बताउनु भयो ।

देशमा पर्ने आर्थिक भारलाई ध्यान दिँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन संगै सम्पन्न गर्न पनि देशका प्रमुख राजनैतिक दलहरुबीच समझदारी आवश्यक रहेको बताउँदै कोभिड–१९ को महामारीले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब समेत दिनु भयो ।

प्रबक्ता पौडेल ले आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न र संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने ठहर नेपाल परिवार दलको रहेको पनि बताउनु भयो ।

सह संयोजक अब्दुल कैयुम शाह ले जनताले दूई तिहाई मत दिदा पनि देशले स्थीर सरकार पाउन नसकेको तथ्य उल्लेख गर्दै पार्टीले दिने जस्तोसुकै जिम्मेवारी पनि पुरा गर्न तयार रहेको बताउदै आगामि निर्वाचनमा नेपाल परिवार दलको प्रतिनिधित्व स्थानीय तह देखि संघिय संसद सम्म सुनिश्चित गरिने प्रतिबद्धता ब्यक्त गरे । यहि मङ्सिर चार र पाँच गते परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुँदै छ ।

Related posts

राप्रपाबाट पर्सा क्षेत्र नं. २ का उम्मेदवार साह दोहरो नागरिक रहेको खुलासा

hamronepaldainik

वीरगञ्ज : शुक्रबारदेखि नाका खुलेपनि भारतीय चारपांग्रे सवारी नेपालभित्र प्रवेश गर्नमा रोक

hamronepaldainik

ठाकुरराम क्याम्पसलाई व्यवस्थित बनाउन महानगर तयार छ : मेयर सिंह

hamronepaldainik
HamroNepalDainik