HamroNepalDainik.com
राष्ट्रियसमाचार

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

२५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको छ ।

अधिकारी चढ्ने गाडी मेयर बालेन शाहको सचिवालयको निर्देशनमा बुधबार अधिकारीको घरबाट काठमाडौं प्लाजास्थित कार्यालयमा ल्याएर राखिएको एक कर्मचारीले बताएका छन  ।

उहाँको राष्ट्रिय सभागृहमा भएको कार्यालयमा ताला लगाएपनि काठमाडौं प्लाजा तर्फ ताला लगाएको थिएन तर उहाँलाई नआउन मेयरसाब कै निर्देशन थियो । आजबाट उहाँले चढ्ने गाडी खोसिएको छ’, महानगर स्रोतले जनाएको छ ।

महानगरले अहिले शिक्षा विभागका प्रमुख सीताराम कोइरालालाई निमित्तको जिम्मेवारी दिएको भन्दै उनलाई नै अधिकारीले चढिरहेको गाडी दिएको महानगर स्रोतले बताएको छ ।

महानगरपालिकाको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन गरेर मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई १६ पुसमा बिदामा बस्न निर्देशन दिएका थिए ।

सोमबार मेयरको सचिवालयले प्रमुख प्रशासकीय अधिकृतको राष्ट्रिय सभास्थित कार्यालयमा ताला लगाएको थियो । साभार एचटिपि खबर

Related posts

बिरगंजमा युवाको कुटपिटबाट एक जनाको मृत्यु

hamronepaldainik

कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न

hamronepaldainik

थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि

hamronepaldainik
HamroNepalDainik