HamroNepalDainik.com
समाचारसमाज

भारत तर्फ लागिरहेको अवस्थामा एक युवतीको उद्धार, एकजना पक्राउ

१२ कात्तिक बिरगंज  । नेपालबाट तस्करी गरेर भारत तर्फ लागिरहेको अवस्थामा एक नाबालिककाे उद्धार गरिएको छ ।

विभिन्न प्रलोभन देखाएर ललाइफकाइ तस्करी गरेर भारत लागिरहेको अवस्थामा वीरगंजकाे सीमावर्ती भारतीय सहर रक्सौलको हजाम टोलबाट ११ कक्षामा अध्ययनरत नाबालिककाे उद्धार गरिएको हो ।

भारतको मानव तस्करी रोदी एकाइ क्षेत्रीय मुख्यालयको शाखा कार्यालय ४७ औं बटालियनले नाबालिककाे उद्धार गरेको इन्स्पेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।

युवतीलाई भारत लागिरहेका मानव तस्कर मोहम्मद इरफानलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रहरीका अनुसार इरफानले आफ्नो नाम विवेक चौधरी बताएका थिए । उनले युवतीलाई करणी समेत गरेको बुझिएको छ ।

रोदी एकाइ मुख्यालयका इन्स्पेक्टर शर्माका अनुसार इरफान पहिलादेखि नै विवाहित छन् र उनका चार जना सन्तान समेत छन् ।

इरफानले युवतीलाई आफ्नो बुबा नेपाल प्रहरीमा डीएसपी रहेको र आफ्नो घर काठमाडौं र वीरगंजमा रहेकाे र आफू बिहारको बासिन्दा भएको भन्दै झुटो बोलेका थिए । केटीलाई थाहा थिएन कि मोहम्मद इरफान खान पहिले नै विवाहित थिए र चार बच्चा थिए ।

पीडित नेपाली नाबालिक बालिका र पक्राउ परेका इरफानलाई ओ.पी प्रहरी हरैयाको जिम्मा लगाइएकाे छ ।  प्रयास बाल सहायता केन्द्र पूर्वी चम्पारणका समाजसेवी विजयकुमार शर्माले किटानी जाहेरी दिएपछि नेपाली नाबालिक बालिकालाई भारतबाट नेपाल ल्याइएकाे हाे ।

Related posts

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पर्साका मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

hamronepaldainik

विन्दबासिनीमा विकास पटेलको अध्यक्षतामा नेविसंघको ५१ सदस्यिय समिति गठन

hamronepaldainik

पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने

hamronepaldainik
HamroNepalDainik