HamroNepalDainik.com
समाचारसमाज

वीरगंजका नेवार समूदायले मनाए गईजात्रा

वीरगंज । वीरगंजमा शुक्रबार नेवार समूदायले सापारु अर्थात गईजात्रा पर्व धुमधामका साथ मनाएका छन् । एक वर्ष भित्र दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन अनुरुप वीरगंज सापारु समितिको आयोजनामा गाईजात्रा निकालिएको हो ।

वीरगंजस्थित अखत अतिथि सदनबाट निकालिएको जात्रा महाविरस्थान, माईस्थान मन्दिर, विर्ता हुँदै पुनः अतिथी सदनमा आएर समापन भएको थियो । दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्ना टोलमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्धारा दूध, फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गरिने चलन रहेको वीरगंज सापारु समितिका अध्यक्ष सञ्जय जोशीले जानकारी दिए ।

यसले वर्ष भरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुने धार्मिक विश्वास रहेको उनले बताए । मल्लकालीन राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सहरका अन्य बासिन्दाले पनि यस्तै शोक बेहोरिरहेका छन् भन्ने देखाएर रानीको चित्त बुझाउन गाईजात्राको परम्परा थालेको इतिहासमा उल्लेख गरिएको नेवाः समूदायका बुद्धिजिवीहरुले बताएका छन् ।

Related posts

ठाकुरराम क्याम्पसमा आगजनी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा

hamronepaldainik

आईटी आर्मीद्धारा सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकार सँग माग

hamronepaldainik

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बैठक सम्पन्न

hamronepaldainik
HamroNepalDainik