HamroNepalDainik.com
समाचार

आईटी आर्मीद्धारा सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकार सँग माग

बारा,२६साउन: बाराको पुरातात्विक,सांस्कृतिक तथा धार्मिक र ऐतिहासिक महत्व बाेकेको सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न सरकारसँग माग गरिएको छ ।

आम आदमी पार्टी निकट आईटी आर्मीका बारा जिल्ला इन्चार्ज सनि गुप्ताको नेतृत्वमा काठमाडौं पुगेका सिम्रौनगढका युवाहरुले पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलाई भेटेर सिम्राैनगढलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भनिएकाे छ , “हजारौं वर्ष अगाडि सिम्रौनगढ एउटा शशक्त शासन प्रशासनको केन्द्र (राजधानी) समेत रहेको विषय ईतिहासका पानाहरुमा उल्लेख छ । यस क्षेत्रमा पाउने अनगिन्ती पुरातात्विक संरचना र तीनका भग्नावशेषहरु तथा धर्तीको गर्भभित्र समाहित रहस्यहरु यस अमूल्य सम्पदाका जीवित प्रमाणहरू हुन् ।”

यहि साउन २० गतेमात्रै सिम्राैनगढमा बाटोखन्दा डढेको चामलको भण्डार भेटिएको थियो । त्यसअघि पनि सिम्राैगढमा पोखरी खन्ने क्रममा भगवान ब्रह्माको मूर्ति फेला परेको थियाे।

ज्ञापनपत्र बुझाउने टाेलीमा आइटी आर्मीका राष्ट्रिय अध्यक्ष चन्द्रभुषण साह ,नविन साह,रन्जन कुशवाहा,राेशन कुशवाहा,चुनु साह,निकेश दास ,विनायक राज पाण्डे,राजेश मल्ल,मन्जित मल्ल,अरविन्द कुशवाहा,रितेश कुशवाहा,बिक्रान्त कुशवाहा लगायतका यसवाहरुको सहभागीता रहेको थियो ।

Related posts

बैंकले कर्जा लगानीमा रोक लगाएपछि नयाँ सवारीसाधन आईसिपिमै थन्कियो

hamronepaldainik

साहिब दरबारद्वारा वीरगञ्जको त्रिजुद्ध माविमा निशुल्क आँखा शिविरको आयोजना

hamronepaldainik

पर्सामा चार वर्षमा ६७ जना हुन्डी कारोबारमा पक्राउ

hamronepaldainik
HamroNepalDainik