HamroNepalDainik.com
समाचारस्थानिय

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बैठक सम्पन्न

वीरगंज २१ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटीको दोश्रो बैठक आईतवार सम्पन्न भएको छ ।

पार्टीका जिल्ला अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न सो बैठकको प्रमुख अतिथि पार्टीका केन्द्रिय सचिव एवं पूर्व मन्त्री नागेन्द्र चौधरीले स्थानिय तहको चुनाव नजिकिदै गईरहेको हुनाले चुनावतर्फ जिल्ला कमिटी सदस्यहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

पार्टीका संगठन निर्माण र एमसीसी सन्दर्भमा चर्चा गर्दै हाम्रै पार्टीको निर्णय बमोजिम १२ बुंदे व्याख्यात्मक घोषणा सहितका एमसीसी संसद्बाट पास भएको बताए । चौधरीले नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा सहितका पार्टीहरुले एमसीसीलाई यथास्थितिमा पास गर्न लागि परे पनि एकीकृत समाजवादीकै पहलमा व्याख्यात्मक घोषणा सहितका प्रावधानहरु राखी पास भएको जिकिर गरे ।

बैठकमा अध्यक्ष थापाले राजनीतिक, सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दा जिल्ला कमिटीका सदस्यहरुले सुझाव, सल्लाह सहित पारित गरेका थिए । स्थानिय तहको चुनाव केन्द्रित सो बैठकमा अधिकांश वक्ताहरुले चुनाव पार्टीको पक्षमा पार्न गहन छलफल गर्दै आ–आफ्ना सुझाव बैठक समक्ष राखेका थिए ।

पार्टीको जिल्ला सचिवालयले जिल्लाका करिब दुई दर्जन मेहनती कार्यकर्तालाई जिल्ला सदस्यमा मनोनित गरेकोले सो लाई जिल्ला कमिटीको बैठकले अनुमोदन गरेको थियो ।

वहा“हरुलाई प्रमुख अतिथि चौधरीले सपथग्रहण समेत गराएका थिए । सो बैठकमा विशिष्ट अतिथि पार्टीका पोलिटव्युरो सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज रामचन्द्र साह, पोलिटव्युरो सदस्य एवं वीरगंज महानगर ईन्चार्ज चिरञ्जीवी आचार्य, सांसद् डा. पुष्पा कर्ण, केन्द्रिय लेखा आयोगका सदस्य किशोरी कुशवाहा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी लगायत प्रदेश तथा जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

Related posts

समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला भेला पुस १२ गते हुने

hamronepaldainik

भोजपुरी टाईम्स दैनिकको १० औं वार्षिकोत्सवमा ह्विल चेयर प्रदान

hamronepaldainik

राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

hamronepaldainik
HamroNepalDainik