HamroNepalDainik.com
समाचारस्थानिय

परवानीपुर गाउँपालिकाले ल्यायो ३५ करोड ७७ लाख ४४ हजारको बजेट

बारा १० असार , बाराको परवानीपुर गाउँपालिकाको १२ औं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै झन्डै ३६ करोड रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले गाउँसभाबाट चालू आर्थिक वर्षको प्रगति विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि ३५ करोड ७७ लाख ४४ हजार रुपैयाँको आय विवरणसहित बजेट पारित गरिएको हो ।

केन्द्र सरकारले विभिन्न अनुदानमा कटौती गरेपछि परवानीपुर गापाको आगामी आवको बजेट पनि घटेको प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले बताए । गापा उपाध्यक्ष सुगन्धीदेवी कनुइनले प्रस्तुत गरेकी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता, सीपमूलक कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन गर्ने, सिंचाइ, खानेपानी, भौतिक संरचनालगायतका योजनाहरूमा विशेष जोड दिएको बताइन् ।

आगामी बजेटमा सङ्घ सरकारबाट वित्तीय समानीकरणमा ९ करोड ६३ लाख, सशर्त अनुदान चालूतर्फ ९ करोड ४५ लाख, सङ्घीय सशर्त अनुदान पूँजीगततर्फ ७० लाख, सङ्घीय सरकार समपूरक अनुदान ५० लाख, सङ्घीय विशेष अनुदान १ करोड प्राप्त भएको छ भने प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ६७ लाख ९९ हजार, प्रदेश समपूरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, सङ्घीय राजस्व बाँडफाँड ६ करोड ३१ लाख ४५ हजार, आन्तरिक स्रोत अनुमानित ५ करोड, २०७९/८० को नगद मौज्दात २ करोडलगायत गरी ३५ करोड ७७ लाख ४४ हजारको अनुमानित बजेट पारित भएको छ ।

गाउँपालिका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीको अध्यक्षाता र नेकपा एमालेकी बारा-३ की सांसद एवं पूर्व कृषि मन्त्री ज्याला कुमारी साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बारा-४ (१)का प्रदेश सांसद देवनारायण चौधरी, राप्रपाका मोहन यादव, बहुअरीका अगुवा शिवशङ्कर पटेल, लोसपा नेता जगतनारायण महतो, माओवादी नेता लालबहादुर पटेल लगायतले मन्तव्य राखेका थिए ।

Related posts

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अब बुधबार सुनुवाइ हुने

hamronepaldainik

पर्सा जिल्लाको बिभिन्न नाका बाट तसकरी को लाइन खुल्ला।

hamronepaldainik

बिरगंज नापी कार्यालय बाट घुससहित दुई जना पक्राउ

hamronepaldainik
HamroNepalDainik