HamroNepalDainik.com
समाचारस्थानिय

पर्सा जिल्लाको बिभिन्न नाका बाट तसकरी को लाइन खुल्ला।

वीरगंज , पर्सा

पर्सा जिल्लाकाे बिभिन्न सिमा नाकाबाट तसकरी फस्टाएको छ । वीरगंज सहित बिभिन्न ग्रामिण भेगकाे अधिकांश नाकाहरुबाट पहिला भन्दा अहिले तस्करी बढेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

सिमा क्षेत्र मा रहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले तस्करहरुलाई छुट दिएपछि सिमा क्षेत्रमा अहिले व्यापक तस्करी बढेको हाे ।  सिमाना क्षेत्रमा खटिने सस्त्र प्रहरी, नेपाल प्रहरीका चौकी ईन्चार्जहरुको सेटिङमा तस्करीकाे लाइन खुलेकाे हाे ।

पर्साको सिमावर्ती  अलाैं, विन्दवासिनीकाे झाैवा, इटियाही, अमरपटी, प्रसाैनी भाठा, पकहा मैनपुरकाे धाेरे, खेस्राहा,  छिपहरमाईकाे भिस्वा, भलुवहिया, मिर्जापुर, टिहुकी, चारगाहा लगायतकाे नाका भएर तस्करी फस्टाएको स्थानियहरुले वताएका छन् । भारतीय बजार रक्साैल, भेलाही, सिकटा, मैनाटार, भलुवाहा , सिश्वा बजारबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी कै मिलोमतोमा कुखुराका चल्ला, कपडा, हार्डवेयरकाे सामान, कस्टमेटिक, रजनीगन्धा, राजनिवास, सुर्ती, चिनी, अण्डा, तेल, भाडाकुडा, लगायतका भारतिय समानहरु नेपाल भित्री रहेका छन् ।

त्यसैगरि नेपालबाट भारत तर्फ डिजेल, पेट्रोल, केराउ, माेटर, सुपाडी, रक्सी, कबाडकाे सामान, ड्राम, युनिलिबर कम्पनीका कस्टमेटिक समान भरततर्फ निकासी भईरहेको छ । यस मध्ये सब भन्दा बढी पेट्राैलियम पदार्थकाे तस्करी भारत तर्फ भइरहेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् । विशेष गरेर सांझ र विहानकाे समयमा तस्करी भइरहेकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

Related posts

पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

hamronepaldainik

तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षकले महानगर प्रमुखलाई बुझाए ज्ञापन

hamronepaldainik

थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत

hamronepaldainik
HamroNepalDainik