HamroNepalDainik.com
आर्थिकसमाचारस्थानिय

वीरगञ्ज महानगरको बजेट : ३ अर्ब २१ करोड ३५ लाख

वीरगञ्ज, ६ असार
वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँ अनुमानित बजेट ल्याएको छ ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बुधबार नगरसभाको तेह्रौँ अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ का लागि उक्त अनुमानित आयव्यय बजेट प्रस्तुत गर्नुभएको हो ।
कुल बजेटमध्ये चालु तर्फ रु २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात ७७ प्रतिशत र पूँजीगत तर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात २२ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्था तर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात १ प्रतिशत बजेट छुट्याएको छ ।
बुधबार प्रस्तुत भएको बजेटमा आगामी वर्ष शिक्षा क्षेत्र सुधारतर्फ १२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरेको छ । यस्तै आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रुपबाट उपलब्ध गराउन विकेन्द्रीत स्वास्थ्य सेवाको लागी ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागी ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि १ करोड रुपैयाँ छुट्याइएको छ ।
यस्तै लामखुटेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैयाँ विनियोजन भएको छ ।
वीरगञ्ज महानगरपालिकाले सङ्घीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख रुपियाँ, राजश्व बाँडफाड २१ करोड १२ लाख रुपियाँ, सशर्त अनुदान ७५ करोड १६ लाख रुपियाँ प्राप्त हुने अनुमान गरेको छ ।
वीरगञ्ज महानगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ । यस्तै प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८७ लाख रुपैयाँ र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार को अनुमान गरिएको छ ।
नगरसभाको १२ औं अधिवेशनले चालु आ.व.का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट  ल्याएको थियो । आगामी आ.ब.का लागि भने बजेट घटेर आएको हो ।

Related posts

सशस्त्र प्रहरीद्वरा ट्रक सहित ठुलो मात्रामा लागु औषध गाजा बरामद

hamronepaldainik

प्रदेश सभा सदस्यमा युवा नेता साबिरको एकल उम्मेदवार सिफारिस

hamronepaldainik

तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षकले महानगर प्रमुखलाई बुझाए ज्ञापन

hamronepaldainik
HamroNepalDainik