HamroNepalDainik.com
बजारसमाचार

उपयाेगविहिन ३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्ने वीरगन्ज महानगरकाे तयारी

वीरगन्ज ,२४जेष्ठ : वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३१ लक्ष्मीपुरमा रहेकाे ऐलानी जग्गामा सामुहिक तरकारी खेतीका लागि आवश्यक प्रकृया अगाडि बढाएकाे छ ।

बुधबार महानगरबाट खटिएको जनप्रतिनिधी र कर्मचारी सहितकाे टाेलीले लक्ष्मीपुरमा उपयाेगविहिन रहेकाे ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जग्गा सामुहिक तरकारी खेतीका लागि छुट्टयाएकाे छ ।

तरकारीबाली पकेट विकास कार्यक्रम अन्तर्गत उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाकाे कृषि शाखाकी कृषि अधिकृत राेशनी यादवले बताइन् ।

बेराेजगार रहेका स्थानियलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउन र किसानहरुकाे आयआर्जन बढाउने उदेश्यले उपयाेगविहिन रहेकाे खेतीयोग्य ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्नका लागि महानगरले तयारी अगाडि बढाएकाे महानगरका मेयर राजेशमान सिंहले बताए ।

बुधबार जग्गा छुट्टाउन गएकाे टाेलीमा महानगरकाे भाैतिक संरचना नियन्त्रण समितका संयाेजक प्रदीप चाैरसिया, मेयर सिंहकाे सचिवालय सल्लाहकार हरि पाेखरेल, महानगरकाे आर्थिक विकास महाशाखाकी अधिकृत प्रतिज्ञा वैद्य , नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल साह लगायतकाे सहभागीता थियाे ।

Related posts

पकहामैनपुर गापा अध्यक्ष मेयर चौरसियामाथि आक्रमणको प्रयास

hamronepaldainik

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई वीरगन्ज महानगरद्धारा १५ लाख जरीवाना

hamronepaldainik

ओम शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik