HamroNepalDainik.com
प्रदेशसमाचारस्थानिय

मधेश सरकारकाे वन मन्त्रीमा रमेश कुर्मी नियुक्त

वीरगंज । मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पनि सहभागी भएको छ । प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मी वन तथा वातावरणमन्त्री नियुक्त भएसँगै लोसपा पनि मधेश सरकारमा सहभागी भएको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा लोसपाबाट दोस्रो कार्यकालका लागि निर्वाचित प्रदेशसभा सदस्य कुर्मीलाई मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वन तथा वातावरण नियक्त गरेका छन् । एक सातामा दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री यादवले कुर्मीलाई वनमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यादव आफैले सम्भाल्दै आएका थिए । लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर तत्काल एउटा मन्त्रालय दिने सहमतीअनुसार कुर्मीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

Related posts

पर्सागढीको स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा कार्यरत्त कर्मचारीहरुद्धारा आन्दोलनको घोषणा

hamronepaldainik

भारतमा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई समात्न प्रहरीले गोली चलायो, नेपाली घाइते

hamronepaldainik

सखुवा प्रसौनिका एक दर्जन भन्दा बढी स्थानिय नेताद्वारा जसपा प्रबेश

hamronepaldainik
HamroNepalDainik