HamroNepalDainik.com
प्रदेशसमाचारस्थानिय

मधेश सरकारकाे वन मन्त्रीमा रमेश कुर्मी नियुक्त

वीरगंज । मधेश प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल पनि सहभागी भएको छ । प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मी वन तथा वातावरणमन्त्री नियुक्त भएसँगै लोसपा पनि मधेश सरकारमा सहभागी भएको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा लोसपाबाट दोस्रो कार्यकालका लागि निर्वाचित प्रदेशसभा सदस्य कुर्मीलाई मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वन तथा वातावरण नियक्त गरेका छन् । एक सातामा दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री यादवले कुर्मीलाई वनमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यादव आफैले सम्भाल्दै आएका थिए । लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर तत्काल एउटा मन्त्रालय दिने सहमतीअनुसार कुर्मीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

Related posts

वीरगंजको लिंकरोडमा “पब्लिक पैथ ल्याब एण्ड पोलिक्लिनिक”को उदघाटन सम्पन्न

hamronepaldainik

वीरगंजमा पहिलो पटक भव्य ‘रथयात्रा’ निकालियो, हजारौँ भक्तजनको सहभागिता

hamronepaldainik

अरुको खाताबाट करोडौं रुपैयाँ चोरी गर्ने राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारी ओझा पक्राउ

hamronepaldainik
HamroNepalDainik