HamroNepalDainik.com
समाचार

तीज व्रतको दिन पशुपति पुगिन् राष्ट्रपति

१४ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शन गरेकी छन् ।

दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ ।

यस वर्ष पनि हिन्दु नारीहरुले हर्षोल्लासका साथ तीज मनाएका छन् । मंगलबार देशभर पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । मंगलबार महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ । सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु भएको यो पर्व बिहीबार ऋषि पञ्चमीसम्म मनाइन्छ ।

मंगलबार तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ । अविवाहित महिलाले आजको दिन निराहार व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् ।साभारonlinekhabar

 

Related posts

क्रिकेट खेलाडीलाई पुरस्कार दिन पैसा छैन भन्छ सरकार

hamronepaldainik

बिन्दवासिनी गाउँपालिकाको पहिलो बोर्ड बैठक सम्पन्न

hamronepaldainik

ठाकुरराम क्याम्पसमा आगजनी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरु रिहा

hamronepaldainik
HamroNepalDainik