HamroNepalDainik.com
समाचारस्थानिय

भ्रष्टाचार विरुद्ध वीरगंजमा जनमतकाे प्रदर्शन

वीरगंज । नक्कली शरणार्थी काण्ड लगायत भ्रष्टाचार काण्डहरुलाई निष्पक्ष छानबिन गर्न माग गर्दै जनमत पार्टी पर्साले मंगलबार वीरगंजमा विरोध प्रदर्शन गरेको छ ।

‘भ्रष्टाचार विरुद्ध जनमत पार्टीको खबरदारी, भ्रष्टाचार विरुद्ध सम्पूर्ण नेपाली एक हौं’ भन्ने नारा सहित आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भ्रष्टचारीहरुलाई कारवाही हुनुपर्ने माग गरेका हुन् ।

‘सानालाई ऐन, ठूलालाई चैन हुनु हुँदैन’, ‘साइकल काण्डमा निष्पक्ष छानविन गर’, ‘भ्रष्टाचार अन्त्य गरौ’ लगायतको नारायुक्त प्लेकार्ड बोकी गरिएको विरोध प्रदर्शन कार्यक्रममा सहभागी वक्ताहरुले नक्कली भुटानी शरणार्थी काण्ड छनबिन निश्पक्ष हुनु पर्ने, मधेस सरकारको साईकल घोटाला काण्ड, छोरी बीमा कार्यक्रम, पोखरी सौन्दर्यकरणको नाममा भएको भ्रष्टाचार काण्डहरु सुक्ष्म तरिकाले छानबिन गरि भ्रष्टाचारीहरुलाई कडा कार्वाही गरि सबै सम्पत्ति जफत गर्नुपर्ने माग गरेका थिए ।

Related posts

१५ केजी चरेशसहित पटेर्वासुगौलीका २ जना पक्राउ

hamronepaldainik

गठबन्धनको पक्षमा मतदान गर्न कांग्रेस नेता रिजाल र चौरसियाको अपील

hamronepaldainik

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

hamronepaldainik
HamroNepalDainik