HamroNepalDainik.com
समाचारस्थानिय

नमुना मतपत्र र स्वस्तिक छापसहित जालिम मियाँका छोरा पक्राउ

पर्सा,०३ मंसिर

पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधीसभा सदस्य उम्मेदवार जालिम मियँका छोरा , नक्कली मतपत्र र गाडी सहित पक्राउ परेका छन् ।

मियाँका छोरा सहबीर अहमद , मौन अवधीमा गाडीमा प्रचार प्रसारमा हिडेको अवस्थामा नक्कली मतपत्र र स्वास्तिक छाप सहित पक्राउ परेका हुन् । उनिसंगै गाडीका चालक सुरज साहलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो कालिकामाइ गाँउपालिका वडा नम्बर १ मुडलीमा सवारी साधन चेकजाँचका क्रममा बा १४ च ४७४८ नम्बरको हाइलेक्स गाडी रोकेर चेकजाँच गर्दा गाडी भित्रबाट नक्कली मतपत्र ५९८ थान र स्वास्तीक छाप ४ थान बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

र्मान अवधीको समयामा चुनाव प्रचार प्रसारका लागि कुनै पनि गतिविधी गर्न नपाइने भएपनि गाडीमा मतपत्र र स्वास्तिक छाप बोकेर हिडेको अवस्थामा फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको गिरीले बताए ।बरामद मतपत्र , स्वास्तिक छाप र गाडी सहित दुवै जनालाई पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा जिम्मा लगाइएको उनले जानकारी दिए ।

Related posts

नेपाली कांग्रेस बिन्दवासिनीकाे उम्मेदवार घरदैलो अभियानमा व्यस्त

hamronepaldainik

नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

hamronepaldainik

धान झार्ने थ्रेसरले च्यापीदा ८ वर्षीय बालकको मृत्यु

hamronepaldainik
HamroNepalDainik