HamroNepalDainik.com
बैंक/वित्तसमाचारस्थानिय

ऋणिलाई जानकारी नै नदिई व्याजदर बढाउदै सिभिल बैंक, सेवा ग्राही मारमा

बिरगंज १ मङ्सिर ।
वीरगन्ज स्थित सिभिल बैंकले ऋणिको सहमति बिना व्याजदर बढाएर पैसा असुलेको रहस्य खुलेको छ । वीरगन्ज माहबिर स्थान स्थित रहेको सिभिल बैंकबाट ऋण लिँदा बेस रेट ८.८८ पलस २ प्रिमियम गरि १०.८८ प्रतिशत व्याजदरमा कर्जा लिएको उक्त बैंकले सम्झौता गरेको थियो ।

२०७८÷०७९ को कार्तिकदेखि २०७९/०८० को कार्तिक मसान्तमा १ बर्षको व्याज ५ प्रतिशतले बढि गरि १५.७६ प्रतिशतको दरले असुलेको ऋणिले गुनासो पोखेका छन् ।
ऋण दिने बेलामा बेस रेट पलस २ प्रिमियम मा सम्झौता पनि गर्ने तर आफैले गरेको सम्झौतालाई लत्याउँदै बैंकले एकतर्फि मुनाफा कमाउन आफ्नो मनोमानी रुपमा व्याजदर बढाउने गरेको आरोप लागेको छ । ५ प्रतिशतले बढेको ब्याजदर हेर्नमा कम देख्न सक्ला तर गरिब किसान ऋणिहरुको लागि त्यही ५ प्रतिशत १ वर्षको अवधिमा ३५ – ४० हजार रुपैया बढि हुने गरेको छ । बेला बेला बैंकमा गएर ब्याज दर कम गरि पाउ भनी निवेदन दिएको ४ महिना बितिसक्दा पनि केही जवाब न आएको ऋणिको भनाई रहेको छ।
वीरगन्ज माहबिर स्थान स्थित सिभिल बैंकबाट विगत दुई वर्ष अगाडि रामायण प्रसाद बरैले १० लाख रुपैया ऋण लिएकोमा यस १ वर्षको अवधिमा व्याजदर बढाई ४० हजार रुपैया बढि असुलेको रामायण प्रसाद बरैको छोरा रामेश्वर चौरसियाले जानकारी दिएका छन् ।

ऋणीलाई जानकारी विना नै व्याजदर बढाएपछि उक्त बैंकको कार्यप्रति शंका उब्जिएको छ । विगतको कोरोना संक्रमणको बेला नेपाल राष्ट्र बैंकले अति प्रभावित क्षेत्रलाई सुविधा दिएको अवस्थामा एक वर्ष सुविधा दिएको तर राष्ट्र बैंकले पुनः रिफाइनान्स गर्न सुविधा दिदाँ यस बैंकले ऋणिहरुको नाम राष्ट्र बैंकलाई नपाएर व्याजमाथि व्याज असुलेको चौरसियाले जान्कारी दिए बैंकले कर्जा असुली गर्न विभिन्न प्रकारका दबाब दिनुका साथै ऋणिलाई जानकारी नै नदिई बढि व्याजदरमा रकम असुलेको बताइएको छ ।

Related posts

सर्वसाधारणहरुमा बिमा बारे जनचेतना फैलाउन जरुरी : निर्देशक लाल

hamronepaldainik

जनकपुरको होटलमा छुरा प्रहार गरी युवककाे हत्या

hamronepaldainik

वीरगंज–१९ मा खोप समन्वय समितिको अभिमुखिकरण

hamronepaldainik
HamroNepalDainik