HamroNepalDainik.com
राजनीतिस्थानिय

राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनको जिल्ला अध्यक्षमा चौरसिया निर्बिरोध निर्वाचित

बिरगंज, पर्सा
राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनको जिल्ला अध्यक्ष पदमा राजाबाबु प्रसाद चौरसिया निर्बिरोध निर्वाचित भएका छन्। वीरगंज स्थित सोल्टी गार्डेन एण्ड पार्टी प्यालेस बसपार्कमा भएको जिल्ला अधिवेशनमा राजाबाबु प्रसाद चौरसिया निर्बिरोध निर्वाचित भएका छन्।
जिल्ला अधिवेशन पुर्ब प्रहरी परिषद् का केन्द्रिय अध्यक्ष कृष्ण बहादुर थापा तथा उत्पिडित तथा दलित संगठनका केन्द्रिय अध्यक्ष अमर आर्याको प्रमुख अतिथि तथा जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि पार्टीका केन्द्रिय सदस्य अंगद ठाकुरको उपस्थिति रहेको थियो।
निर्वाचित सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु लाइ प्रमुख अतिथि तथा पार्टीका जिल्ला अध्यक्षले दोसाला ओढाइ फुलमाल टिका लगाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

Related posts

बिन्दबासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट चौरसिया मनोनयन दर्ता

hamronepaldainik

वीरगंज महानगरले संचालनमा ल्यायो आफ्नै जनस्वास्थ्य प्रयोगशाला, सहुलियत मूल्यमा स्वास्थ्य परीक्षण हुने

hamronepaldainik

नेपाली कांग्रेस बिन्दवासिनीकाे उम्मेदवार घरदैलो अभियानमा व्यस्त

hamronepaldainik
HamroNepalDainik