वीरगंज २१ बैशाख।
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा नेपाली कांग्रेसको घरदैलो कार्यक्रमलाइ तीव्र पारेको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिन्दवासिनी गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार बिबेक चौरसिया र उपाध्यक्षकाे उम्मेदवार किरण गुप्ता तथा वडा अध्यक्षको उम्मेदवारलाई बिजयी बनाउनका लागि घरदैलो कार्यक्रम तीव्र पारिएको हो ।
घरदैलो गर्दै पालिका अध्यक्ष , उपाध्यक्ष र वडा अध्यक्ष सहितको सम्पुर्ण प्यानललाई जिताउन नेपाली कांग्रेसलाई मतदान गर्न अपिल गरेका छन् ।
बिन्दवासिनी गाउँपालिका वडा नं १ गर्दौल, वडा नं ५ हंसवा, प्रसौनीभाठा लगायत भएको घरदैलो अभियानमा नेपाली कांग्रेसलाई जिताउन आग्रह गरिएको छ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित सहित महिलाहरुको सशक्तीकरण र न्यायिक स्वच्छताका लागि गाउँघरमा नेपाली कांग्रेस जित्नुको विकल्प नरहेको मतदाताहरुले बताएका छन् ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकता गाउँपालिका प्रमुख पद के उम्मेदवार बिबेक चौरसिया, उपाध्यक्ष किरण गुप्ता, वडा नं १ का वडा अध्यक्ष पद के उमेदवार सत्येन्द्र नारायण ओझा,वडा नं २ का वडा अध्यक्ष पद के उमेदवार मुक्तीनाथ प्रसाद कुर्मी,वडा नं ५ का वडा अध्यक्ष पद के उमेदवार सुकदेव राउत अहिर तथा सम्पुर्ण वडा सदस्यहरूका उम्मेदवारहरुको उपस्थिति रहेको थियो।