HamroNepalDainik.com
समाचार

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

२९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।

स्वासथ्य मन्त्रालयका अनुसार ५ हजार २४६ जना होम आइसोलेसनमा रहेका छन् भने १८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा छन् ।

यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ९४४ पुगेको छ । साभारonlinekhabar

Related posts

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय, अमेरिकालाई पत्र लेखेर जानकारी दिइने

hamronepaldainik

पर्सामा शुक्रबार र शनिबार गरि छुट्टाछुट्टै स्थानमा तीन जना को हत्या

hamronepaldainik

महानगर स्वास्थ्य महाशाखा प्रमुख महतोले लाखो रुपैयाको लोभमा ‘आमा सुरक्षा कार्यक्रम’ को लागि सूर्य हस्पिटललाई दिए गैरकानुनी सिफारिस

hamronepaldainik
HamroNepalDainik