HamroNepalDainik.com
समाचार

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय, अमेरिकालाई पत्र लेखेर जानकारी दिइने

६ असार, काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकी सरकारलाई पत्र लेख्ने निर्णय गरेको हो ।

एसपीपीमा सहभागी हुन नेपालले नै प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणको पूर्वसन्ध्यामा एसपीपीबारे बहस सुरु भएको थियो । उच्च क्षेत्रमा सैन्य अभ्यास गर्ने लगायतका विषय समावेश भएको ‘१० बुँदे मस्यौदा’ सार्वजनिक भएपछि यसको चर्को विरोध भयो ।

सत्तारुढ र विपक्षी सांसदहरुले विरोध गरेपछि गृहमन्त्री बालकृष्ण खाँणले संसदलाई एसपीपीमा सहभागी नभएको र अब पनि नहुने स्पष्टीकरण दिएका थिए । नेपाली सेनाले पनि १ असारमा वक्तव्य जारी गर्दै एसपीपीम्बन्धी कुनै सम्झौता वा समझदारी नगरेको र गर्ने प्रक्रिया पनि नरहेको बताएको थियो ।

तर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०१५ मै एसपीपीमा सहभागी गराउन आग्रह गर्दै काठमाडौंस्थित अमेरिकी राजदूतलाई लेखेको पत्र सार्वजनिक भएपछि परिस्थिति फेरियो ।

सेनाले प्राकृतिक विपदमा सहकार्य गर्ने उद्देश्यले एसपीपीमा सहभागी गराउन २०१५ सँगै २०१७ मा पनि पत्र लेखिएको, तर आईपीएस अन्तर्गत लगेपछि पुनरावलोकन गर्न सरकारलाई भनेको बतायो । एमाले नेताहरुले पनि केपी शर्मा ओली नेतृत्वको सरकारले २०१९ मै एसपीपी अघि नबढाउने दाबी गरे ।

अमेरिकी अधिकारीहरुले पनि नेपालले चाहे सहभागी नहुनसक्ने बताएपछि एसपीपीबाट अलग हुने जानकारी गराउन सरकारमाथि चर्को दबाव परेको थियो । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सोमबार विहान मात्र प्रधानमन्त्रीलाई भेटेर एपीपीमा सहभागी नहुने औपचारिक जानकारी अमेरिकालाई पत्र लेख्न आग्रह गरेको थियो । onlinekhabar

Related posts

मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

hamronepaldainik

करोडौंको समान सहित तीनवटा ट्रक प्रहरीको नियन्त्रणमा

hamronepaldainik

उपनिर्वाचनको मौन अवधि आज राती १२ बजे देखि सुरु

hamronepaldainik
HamroNepalDainik