HamroNepalDainik.com
समाचारस्थानिय

कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट दुई ट्रक रासायनिक मल कब्जा

बिरगंज पर्सा २९ साउन,

पर्साका किसानहरुले कृषि सामग्री कम्पनी लिमिटेडको गोदामबाट दुई ट्रक रासायनिक मल कब्जा गरेका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई साथ लिएर किसानले कृषि सामग्री कम्पनी लिमिटेडको भुटनदेवीमा रहेको गोदामबाट मल नियन्त्रणमा लिएका हुन् ।

जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिवकुमार साहले मेयर सिंहकै अगुवाइमा मल नियन्त्रणमा लिएको बताए । तर मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले भने मेयरले नभइ किसानले नै मल नियन्त्रणमा लिएको बताए ।

भुटनदेवीमा रहेको गोदामबाट कृषि सामग्री कम्पनी लिमिटेडको प्रदेशिक कार्यालयले बाहिरी जिल्लामा मल पठाउन लागेको थाहा पाएपछि किसानले त्यो मल नियन्त्रणमा लिएका हुन् । पर्सामा धान गोड्ने बेला हुँदा पनि किसानले मल नपाएको हुनाले किसानहरु आक्रोशित भएका छन् ।

Related posts

कालिकामाई गाउँपालिकाको ९ औं गाउँसभा : ३० करोड ९१ लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik

वीरगंज महानगरमा महाभीडन्तको तयारी, कंग्रेसबाट नयाँ फेस आउदैँ

hamronepaldainik

गृहमन्त्रालयको पत्र नआएसम्म वीरगञ्ज भन्सार नाका खोलिदैन : प्रमुख जिल्ला अधिकारी पौडेल

hamronepaldainik
HamroNepalDainik