HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनी गाउँपालिकाको पहिलो बोर्ड बैठक सम्पन्न

बिरगंज पर्सा, ३१ जेष्ठ ।

पर्साको बिन्दबासिनी गाउँपालिकाको पहिलो बोर्डको बैठक मंगलबार  बिन्दबासिनी गाउँपालिका कर्यालयको  फेसबुक पेजबाट लाईभ गरी सम्पन्न भएको छ । बैठकले गाउँपालिका लाई थप गतिको साथ अघि बढाउनको लागि कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ ।

बैठकले गाउँपालिका भित्र रहेको सम्पूर्ण पोखरी अनुगमन गरी ठेक्का सम्झौता गर्नका लागि उपाध्यक्ष ज्योति चौरसियाको संयोजकत्वमा उपसमिति गठन गरेको छ । राजश्व बाटफाँटका र वित्तीय सीमा निर्धारणका लागि विन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा बसेको बैठकले आगामी गर्ने गाउँ सभा र त्यसको आवश्यक तयारीको लागि गठन गर्नुपर्ने उप समितीहरु र अन्य आन्तरिक तयारीको बारेमा समेत बैठकमा गम्भिर छलफल भएको छ ।

बैठकमा गाउँपालिका उपाध्यक्ष ज्योती चौरसिया , वडा अध्यक्ष अच्छेलाल महतो , मुक्ति प्रसाद कुर्मी , जय प्रकाश चौरसिया , अनुज चौरसिया , मोहन राहत अहिर , बोर्ड सदस्य धन मती देवी , रीमा देवी , मुनि देवी , शम्भु प्रसाद चौरसिया , अशोक गुप्ता , प्रमुख प्रशासकिय अधिकृत राजु साह , लेखा अधिकृत मिथलेश कुशवाहा लगायत विभिन्न बिभागका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

Related posts

काँग्रेसले टिकट नदिएका रितेश जसपाबाट भारी मतान्तरले बिजयी

hamronepaldainik

Testing

admin

संसदबाट एमसीसी (MCC) सम्झौता अनुमोदन

hamronepaldainik
HamroNepalDainik