HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दबासिनीको कार्यपालिका चुनावमा कांग्रेसको जीत

पर्साको बिन्दबासिनी गाऊँपालिकाको कार्यपालिकाको सदस्यका लागी भएको निर्वाचनमा गठबन्धनका ६ जना उम्मेदवार बिजयी भएका छन ।
कार्यपालिका सदस्यका लागि बिहीबार भएको निर्वाचनमा नेपाली कांग्रेस र लोसपा बीच गठबन्धन भएको थियो भने एमाले र जसपा बीच पनी गठबन्धन भएको थियो ।
दलित वा अल्पसंख्यक सदस्यमा नेपाली कांग्रेसका अशोक कुमार गुप्ता र शम्भु प्रसाद बरै २१ / २१ वटा मत ल्याएर निर्वाचित भएका छन भने नेकपा एमालेका उम्मेदवार पारस बैठा धोबी ३ मत , हीरालाल मुखिया ० र जसपाका उम्मेदवार हीरालाल साह कानु ३ मत ल्याएर पराजित भएका छन ।
महिला तर्फबाट नेपाली कांग्रेसका धनपति देवी र लोसपाका कुस्मी कुमारी देवी , रीमा कुमारी देवी र मानती देवी निर्विरोध भएका हुन ।
बिहीबार भएको निर्वाचनमा २७ जना मतादाता रहेकोमा २५ जनाले मात्र मतदान गरेका थिए जसमध्ये १ मत बदर भएको थियो भने निर्वाचन अधिकृत अरुण कुमार कोईरलाले बताए ।
बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा गाऊँपालिकामा लोसपाका अध्यक्ष , एमालेले उपाध्यक्ष , नेपाली कांग्रेसले ३  वडा अध्यक्ष , जसपाले १ वडाअध्यक्ष र एउटा वडामा माओबादीका उम्मेदवार वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

Related posts

मापदण्ड विपरीत सामान बिक्री गर्ने ७६ व्यावसायिक फार्म कारबाहीमा

hamronepaldainik

थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्‍यु

hamronepaldainik

पकाहामैनपुर गाऊपालिका का अध्यक्ष चौरसियाको व्यापक भ्रष्टाचार बिरुद्ध युवाहरुको प्रदर्शन

hamronepaldainik
HamroNepalDainik