HamroNepalDainik.com
राष्ट्रियसमाचार

खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

११ भदौ सुनसरी (रासस)
सुनसरीको धरानमा खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
संखुवासभा खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए  ।
बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा धरान २ का ३३ वर्षीया सिर्जना साहीकी १४ वर्षीय छोरी इनिसा साहीको मृत्यु भएको छ भने आमा सिर्जना घाइते भएको उपरीक्षक भण्डारीले बताए  ।

खुकुरी प्रहारबाट आमाछोरी घाइते भएकामा उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिएका थिए ।

Related posts

नारायणी अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरु भोलि देखि आन्दोलनमा

hamronepaldainik

भारतले धान, चामल निर्यातमा लगाएको कर हटाउन बिरगंज उधोग वाणिज्य संघको माग

hamronepaldainik

मधानी महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

hamronepaldainik
HamroNepalDainik