HamroNepalDainik.com
समाचार

पाेखरीया नगरपालिकामा चरम मनाेमानी भयाे : कार्यवाहक मेयर खातुन

वीरगंज, पर्सा ।

पर्साकाे पाेखरीया नगरपालिकाकी कार्यवाहक मेयर सल्मा खातुनले नियम विपरित नगरपालिका संचालन भएकाे वताउँदै आपती जनाएकी छन् ।

वि.सं. २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बैशाख ३० गते हुन लागेकाे निर्वाचनमा उम्मेद्वार हुनका लागि आफ्नाे पदबाट राजीनामा गरि मात्र उम्मेद्वार हुने प्रावधान रहेकाे छ । तर उम्मेद्वार नहुनेकाे हकमा निर्वाचन पश्चात नवनिर्वाचित जनप्रतिनिधिलाई पदभार हस्तान्तरण गरे पश्चात मात्र पदमुक्त हुने व्यवस्था छ ।

चुनाव नलडेकी खातुन पदबाट राजिनामा नदिए आफुलाई वेवास्ता गरिएकाे वताएकी छन् । नगरपालिका कार्यालयमा कानुनी व्यवस्थाकाे धज्जी उडाउदै कार्यहरु भइरहे वताउँदै खातुनले आपत्ती जनाएकी हुन् ।

नगरलाई पूर्ण खाेपयुक्त बनाउन जनप्रतिनिधिकाे महत्वपूर्ण भूमिका रहेपनि आफूलाई कुनै जानकारी नै नदिइ मनाेमानी तवरले नगरपालिका पूर्ण खाेप घाेषित गरिएकाे वताउँदै खातुनले आपत्ति जनाएकी हुन् । अब उपरान्त यस्ताे गैरकानुनी कार्य गरे कदापि सह्य नहुने उनकाे भनाई छ । साभार kalikatimes

Related posts

सुविधा खोसिने डरले बैंकहरुमा बिग मर्जरको लहर

hamronepaldainik

प्राविधिक शिक्षा अध्ययनका लागि विद्यार्थीलाई प्रोत्साहन गर्न आह्वान

hamronepaldainik

परिवार दलको प्रदेश दुइको संयोजकमा सन्तोष कुमार पौडेल सर्वसम्मत चयन

hamronepaldainik
HamroNepalDainik