HamroNepalDainik.com
समाचार

पाेखरीया नगरपालिकामा चरम मनाेमानी भयाे : कार्यवाहक मेयर खातुन

वीरगंज, पर्सा ।

पर्साकाे पाेखरीया नगरपालिकाकी कार्यवाहक मेयर सल्मा खातुनले नियम विपरित नगरपालिका संचालन भएकाे वताउँदै आपती जनाएकी छन् ।

वि.सं. २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बैशाख ३० गते हुन लागेकाे निर्वाचनमा उम्मेद्वार हुनका लागि आफ्नाे पदबाट राजीनामा गरि मात्र उम्मेद्वार हुने प्रावधान रहेकाे छ । तर उम्मेद्वार नहुनेकाे हकमा निर्वाचन पश्चात नवनिर्वाचित जनप्रतिनिधिलाई पदभार हस्तान्तरण गरे पश्चात मात्र पदमुक्त हुने व्यवस्था छ ।

चुनाव नलडेकी खातुन पदबाट राजिनामा नदिए आफुलाई वेवास्ता गरिएकाे वताएकी छन् । नगरपालिका कार्यालयमा कानुनी व्यवस्थाकाे धज्जी उडाउदै कार्यहरु भइरहे वताउँदै खातुनले आपत्ती जनाएकी हुन् ।

नगरलाई पूर्ण खाेपयुक्त बनाउन जनप्रतिनिधिकाे महत्वपूर्ण भूमिका रहेपनि आफूलाई कुनै जानकारी नै नदिइ मनाेमानी तवरले नगरपालिका पूर्ण खाेप घाेषित गरिएकाे वताउँदै खातुनले आपत्ति जनाएकी हुन् । अब उपरान्त यस्ताे गैरकानुनी कार्य गरे कदापि सह्य नहुने उनकाे भनाई छ । साभार kalikatimes

Related posts

पर्साको ईटियाहीमा घरको स्ल्यापबाट खसेर किशोरको मृत्यु

hamronepaldainik

पत्नीकाे हत्या आरोपमा पति पक्राउ

hamronepaldainik

सरकार महिला सशक्तिकरणकालागि ठोस कार्यक्रमका साथ अघि बढ्छ : मन्त्रि यादव

hamronepaldainik
HamroNepalDainik