HamroNepalDainik.com
समाचार

सर्लाहीको मलंगवा–९ मा गोली चल्दा एकको मृत्यु

सर्लाही । जिल्लाको सदरमुकाम मलंगवामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मलंगवा–९ मा गोली चल्दा एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार भारतको विहारस्थित सितामढीको कन्हौली थानाका स्थायी बासिन्दा अन्दाजी ३५ वर्षीय इन्दल महतो मृत्यु भएको हो ।

महातोको शवलाई प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ । प्रहरीका अनुसार गोली लागेको हो या धारिलो हतियारले प्रहार गरेको हो ? भन्नेबारे खुल्न सकेको छैन ।

यसबारे स्थानीयबासीले भने गोली नै चलेको बताएका छन् । घटनामा संलग्न दोषी पत्ता लगाउन प्रहरीले सर्च अपरेशन सुरु गरेको जानकारी गराएको छ ।

Related posts

प्रहरी चौकी प्रसौनीका ईन्चार्ज यादवको नेतृत्वमा तस्करी

hamronepaldainik

लोसपा नेपाल बाट बिन्दवासिनीमा गाउँपालिका अध्यक्ष पदकाे उम्मेदवार तिवारी घरदैलो अभियानमा व्यस्त

hamronepaldainik

जसपा बाट बिरगंज – ११ को वडाध्यक्षमा अजय चौरसिया बिजयी

hamronepaldainik
HamroNepalDainik