वीरगंज २२ बैशाख।
लोसपा नेपालले बिन्दबासिनी गाउँपालिकामा चुनाव प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ । स्थानिय तहको निर्वाचन नजिकदै जादा लोसपा नेपालले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो ।
लोसपाको तर्फ बाट बिन्दबासिनी गाउँपालिका अध्यक्ष पदको प्रत्यासी प्रमोद तिवारी सबै वडाका उमेदवार , वडा सदस्य तथा पार्टीमा आबद्ध कार्यकर्ताको सहभागितामा बिन्दबासिनी गाउँपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरिएको छ ।
बिन्दबासिनी गाउँपालिकाको वडा नं.३ को ठूलो झौवा र सानो झौवा घरदैलो गरेको छ भने वडा नं. ४ को अमरपट्टि, मधवल र वडा नं.५ को प्रसौनीभाठा त्यसै गरि वाड न : २ मा बहुअर्वा, हरिनगर लगायत टोलमा घर दैलो सम्पन्न गरेको छ ।
समाजमा बिकासको नाममा भ्रष्टचारी बाहेक अरु केही नगरेकोले जनताले दुःख पाउदै आएको बताएका छ्न । अबको चुनावमा योग्य , इमान्दार , देशप्रेमि नेतालाइ आफ्नो मत दिएर बिजयी बनाउने बिश्वास व्यक्त गरेका छ्न ।
अबको निर्वाचनमा बिन्दबासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी जस्तो नेताको आवश्यकता रहेकोले आफ्नो साथ र सहयोग रहने स्थानीयले बताएका छ्न ।