HamroNepalDainik.com
समाचारस्थानिय

काँग्रेस पर्साकाे जिल्ला कार्य सम्पादन र संसदीय समिति गठन

वीरगंज । नेपाली काँग्रेस पर्साले जिल्ला कार्य सम्पादन समिति र जिल्ला संसदीय समिति गठन गरेकाे छ । जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीकाे अध्यक्षतामा मंगलबार बसेकाे बैठकले पार्टीको बिधान अनुसार कार्य सम्पादन र संसदीय समिति गठन गरेकाे कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले जानकारी दिए ।

गठित जिल्ला कार्यसम्पादन समितिमा पेदेन सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, अशोक गुप्ता, सचिव इम्तियाज आलम, दिनेश चौधरी, सह सचिव नविन कुमार सिंह, मदन राउत अहिर र कोषाध्यक्ष प्रेम बहादुर थापा रहेका छन् ।

यस्तै कार्य सम्पादन समितिकाे मनोनित सदस्यमा चन्द्रावति देवी, दोरिका महतो, जितेन्द्र पुरुष ढकाल, तुलसा राम चौधरी, राजेश्वरप्रसाद यादव, हिरा साह, ललन द्विवेदी, शैलेन्द्र यादव, फजिल मियाँ तेली, ढेढी यादव, किरण गुप्ता, रमेश पाण्डेय, सुरेन्द्र यादव, होममाया थापा र मोहन चौधरी थारु रहेका छन् ।

जिल्ला संसदीय समितिकाे पेदेन सभापति जनार्दन सिंह क्षेत्री, सचिव इम्तियाज आलम, दिनेश चौधरी र सदस्यमा उपसभापति रामनारायण कुर्मी, अशोक गुप्ता, सह सचिव नविन कुमार सिंह, मदन राउत अहिर, कोषाध्यक्ष प्रेम बहादुर थापा, सदस्यहरु रमेश पाण्डेय, जतन राउत, गम्भीरा साह, ललन द्विवेदी, माधव राउत थारु रहेका छन् ।

मंगलबार बसेकाे जिल्ला कार्य समितिकाे बैठकमा पार्टीको बिधान अनुसार कार्य सम्पादन समिति र संसदिय समितिमा सभापतिबाट प्रस्तावित भइ आएकाे नामहरु सर्वसम्मत अनुमोदन भएको प्रवक्ता पाण्डेले जानकारी गराए ।

वीरगंजस्थित आत्माराम ओझा र दु:खा सहनी स्मृति भवनमा रहेकाे पार्टी कार्यालयमा बुधबार आयाेजित पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेले बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनकाे लागि पार्टीले उम्मेदवार छनाैट पक्रिया समेत सुरु गरेकाे वताए ।

उनले वडादेखि गाउँपालिका सम्मकाे उम्मेदवार छनाैट गर्ने जिम्ला समितिकाे, नगरपालिकाकाे प्रदेश समितिकाे, उपमहानगरपालिका र महानगरपालिकाकाे केन्द्रिय समितिकाे अधिकार रहेकाे वताउँदै साेही अनुसार उम्मेदवार छनाैट पक्रिया सुरु गरिएकाे जानकारी गराए ।

उम्मेदवारकाे नाम चैत २० गते सम्म जिल्ला समितिलाई सिफारिस गर्न वडा, गाउँ र नगर समितिलाई पत्रचार समेत गरिसकिएकाे वताए । पत्रकारकाे जिज्ञासामा वाेल्दै प्रवक्ता पाण्डेले गठबन्धन भएपनि वीरगंज महानगरकाे मेयरमा हाम्राे दावी रहेकाे वताए ।

Related posts

थप ३८५ जनामा कोरोना संक्रमण, २५८ जना निको

hamronepaldainik

नेपाल एकीकृत समाजवादी वडा नम्बर ११ का वडा अध्यक्ष उमेदवार महतोको वडामा पल्लाभारी

hamronepaldainik

हराएका २६ मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

hamronepaldainik
HamroNepalDainik