HamroNepalDainik.com
समाचार

नेपाल एकीकृत समाजवादी वडा नम्बर ११ का वडा अध्यक्ष उमेदवार महतोको वडामा पल्लाभारी

बिरगंज २२ बैशाख,

नेपाल एकीकृत समाजवादी पार्टी बाट बीरगंजमहमनगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्षको उमेदवार सत्यनारायण महतोको पक्षमा अहिले जनलहर उत्रिएको छ ।

उनलेे यसपटक वडामा निर्वाचित भए वडाको लागि निशुल्क अौषधि दलित तथा विपन्न परिवारको छोरीको ५०% सहयोग गर्ने उज्यालो अभियान मठ मन्दिर मस्जिद संरक्षण गर्ने भ्रष्टाचार मुक्त वडा बनाउने युवायुवतीहरुलाई रोजगारीको ब्यवस्था मिलाउने जेष्ठ नागरिकलाई सहुलियत गर्ने अपांगलाई विशेष स्थान दिने खेलाडीहरुलाई प्रोत्साहन गर्ने वडामा नेटवर्किङ फ्रि गर्ने भौतिक पुर्वधार निर्माण गर्ने विभिन्न सिपमुलक कार्यक्रम ल्याउने तथा शिक्षा स्वास्थ्य लगायत २० बुदे घोषणापत्र जारी गरेका छन् ।

आज वडामा आफ्नो घर दैलो अभियानको क्रममा यसपटक आफुलाई मत दिएर बिजयी गराउन मतदाताहरु संग अपिल गरेका हुन । वडा अध्यक्षका उमेदवार महतोको पक्षमा अहिले निकै जनलर बडिरहेकोले आफ्नो जित सुनिश्चित रहेको बताए ।

अहिले वडामा धेरै विकास निर्माणका कामहरु गर्नु पर्ने भएकोले आफुले उमेदवारी दिएको महतोले बताएका छन्। नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष प्रदुमन सेढाईले वडाको विकास खासै नगरेको र उनलेे पक्षपात गरेर छुटाउने काम गरेको वडा अध्यक्षका उमेदवार महतोले बताए।

वडाको विकास गर्ने योजना आफू संग मात्र रहेकोले यसपटक वडाबासीहरुले मत दिएर काम गर्ने अवसरमा पुराउन वडा अध्यक्षका उमेदवार महतोले बताएका छन। लामो समयदेखि राजनीतिक क्षेत्रमा लागेको भए पनि जनताको काम गर्ने अवसर नपाएकोले यसपटक आफ्नो अमुल्य मत दिएर बिजयी गराउन महतोले आग्रह समेत गरेका छन् ।उनको समाजमा अहिले निकै चर्चा चलिरहेको वडा बासिहरु बताउँछन् ।

Related posts

नेकपा एकीकृत( समाजबादी )को उमेदवारहरुको प्रचार अभियान तिब्र

hamronepaldainik

भीआईपीहरूको उपचार नेपालमै गर्न समिति गठन

hamronepaldainik

पर्सा प्रहरी द्वारा एक फरार प्रतिवादीलाई गरे पक्राउ

hamronepaldainik
HamroNepalDainik