HamroNepalDainik.com
समाचार

थप ३८५ जनामा कोरोना संक्रमण, २५८ जना निको

६ मंसिर,  पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र २ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ३८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २५८ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ७१८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५ सय पुगेको छ भने ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २६९ जना रहेका छन् । जसमध्ये ६ हजार ८२७ जना होम आइसोलेसनमा रहेका छन् भने ४४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २३० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।

Related posts

पटेर्वा सुगौली गाँउपालिकाको ११ औँ गाउँ सभा : ३८ करोड १५ लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik

संसदबाट एमसीसी (MCC) सम्झौता अनुमोदन

hamronepaldainik

चिसोबढन थाले पछि गरीबहरुलाई मानिनय पटेल द्वारा कम्बल बितरण

hamronepaldainik
HamroNepalDainik