HamroNepalDainik.com
समाचारस्थानिय

एमाले देशमा समृद्ध ल्याउनेछ : नेता यादव

वीरगञ्ज, १६ चैत ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्य नजर गरि पर्साको बहुदरमाई नगरपालिकामा चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढे संगै बहुदरमाई नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित नगर उप–प्रमुख गायत्री देवीका श्रीमान नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित भएको नगर प्रमुख नितेन्द्र साह भन्दा एक हजार बढी मत प्राप्त गरि निर्वाचित नगर उप–प्रमुख गायत्री देवीका श्रीमान साबिकको बिश्रामपुर गाउँ विकास समितिका अध्यक्षसमेत रहेका राजदेव यादव नेकपा एमालेमा प्रवेश गरेका हुन् । बहुदरमाई वडा नं.–२ पिपरामा बुधवार नेकपा एमाले बहुदरमाई नगर समितिले आयोजना गरेको वडास्तरीय भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व संविधानसभा सदस्य राजकुमार गुप्ताले टिका लगाई यादवलाई पार्टीमा स्वागत गरेका छन् ।

यादवले आगामी निर्वाचनमा एमालेबाट नगरप्रमुख पदका उम्मेदवारी दिने परिवारीक स्रोतले जनाएको छ । यादवको एमाले प्रवेशसँगै अब उनकी श्रीमती एवम् नगरपालिकाकी नगर उप–प्रमुख गायत्री देवी पनि एमालेमै जान सक्ने संकेत देखिएको स्थानीयको भनाई रहेको छ ।

यस विषयमा नगर उप–प्रमुख संग कुरा गर्दा आफूले पनि एमाले नै रोजने प्रतिक्रिया दिएकी छिन् । वडा भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले नेकपा एमालेको बढ्दो जनलहरले एमालेबाहेक अरु कुनै पार्टी देशमा समृद्ध ल्याउन नसक्ने दावी गरे ।

नेकपा एमाले बहुदरमाई नगर कमिटीका अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा भएको भेलालाई एमालेका नेता शिव पटेल, जिल्ला कमिटी सदस्य एवम् वडा अध्यक्ष केदार तिवारी, डा. सन्तोष साह, कृष्ण यादव, रामबाबु साह लगायतले सम्बोधन गरेका थिए । भेलाले चन्द्रशेखर प्रसाद रावको अध्यक्षता ५१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ ।

Related posts

पर्सा क्षेत्र नं.३(क) को प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल लोकप्रिय बन्दै

hamronepaldainik

कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : वरिष्ठ नेता पौडेल

hamronepaldainik

वडाकाे कामकाज छाेडी प्र.प्र अधिकृतकाे सरुवामा कालिकामाईका वडाध्यक्षहरु व्यस्त

hamronepaldainik
HamroNepalDainik