HamroNepalDainik.com
बैंक/वित्तसमाचार

नक्कली ऋणीको नाममा कर्जा निकाली लघुवित्त ठगी गर्ने प्रहरीको फन्दामा

पर्सा । नक्कली ऋणी खडा गरी ५ करोड भन्दा हिनामिना गरेको आरोपमा नयाँ सारथी लघुवित्त संस्था लिमिटेड बडनिहार, पर्सा शाखाका, शाखा प्रबन्धक सहित ४ जना जेल चलान भएका छन । शाखा प्रबन्धकमा कार्यरत रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का भोजेन्द्र ठाकुर लोहार सहित ४ जनामाथि ५ करोड ३४ लाख ५५ हजार ४ सय ७९ रुपैया हिनामिना गरेको आरोप लगाएका थिए ।

प्रबन्धक लोहार सहित पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ७ का गेनालाल पटेल, वीरगन्ज महानगरपालिका वडा नं. २७ का प्रदीप कुमार पटेल र शेषनाथ कुशवाहालाई करोडौं ठगिको मुद्दामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले पुर्पक्षको लागि जेल चलान गरेको हो ।

उच्च अदालतले प्रबन्धक भोजेन्द्र ठाकुर लोहारलाई पुर्पक्षको कारागार जलानको आदेश दिएको थियो । तीन जनाको हकमा जनही १÷१ करोड धरौटी तोकिएकोमा निजहरुले धरौटी बुझाउँन नसकेपछि उनीहरुपनि कारागार पठाईएको छ ।

२०७८।०८।२४ गते जिल्ला काभ्रे धुलिखेल नगरपालिका वडा नं. ३ मा रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रबन्धक लोहार सहितको कर्मचारीले सस्थाको करोडौ रुपैया हिनामिना गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

संस्थाको बढनिहार शाखाबाट २०७४।०९।२० गतेदेखि शाखा प्रबन्धकमा कार्यरत भोजेन्द्र ठाकुर लोहारले अन्य कर्मचारीहरूको सहयोग लिई विभिन्न मितिमा ३०८ जना वचतकर्ता सदस्यहरूको जानकारी बिना उनीहरुकै नामको नक्कली ऋण आवेदन र अन्य नक्कली कागजात तयार गरी ऋण स्वीकृत गरी आफैँले. ५ करोड ३४ लाख ५५ हजार चार ४ उनासी रूपैयाँ हिनामिना गरेको भनी उल्लेख रहेको ।संस्थाको जाहेरीको आधारमा प्रहरीले बैकिङ कसुर मुद्दामा २०७८।०८।२४ गते भोजेन्द्र ठाकुर लोहारलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको पर्साका प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले बताए । उनले भने, अनुसन्धान गर्दै घटनामा संलग्न अन्य ६ जना व्यक्ति पक्राउ गरी अनुसन्धान हुँदा निज भोजेन्द्रले माथि उल्लेखित अन्य ३ जना कर्मचारीहरूसमेतको मिलेमतोमा नक्कली ऋणी खडा करोडौ हिनामिना गरेको खुलेका थिए । ’

उनीहरुले कीर्ते सहीछाप र नक्कली कागजात तयार गरी प्रवाह गरेको ऋण रकम, १५ जना वचतकर्ताको वचत रकम र कर्जाको ब्याजबापतको रकम समेत गरी (५ करोड ५७ लाख ४२ हजार २ सय ७४ चौरहत्तर हिनामिना गरी संस्थालाई हानिनोक्सानी पु¥याएको खुल्न उनले बताए ।

अनुसन्धान पश्चात् मानिस र मिसिल जिल्ला सरकारी वकिल कार्यालय, पर्सामा पेश गरिएका थिए । घटनामा ३ जना व्यक्ति संलग्न नरहेको हुदाँ माघ २६ गते ३ जनामाथि मुद्दा नचल्ने निर्णय समेत अदालतले गरेका थिए ।

Related posts

जीविकोपार्जनको लागि महिला समुहका सदस्यहरुलाई बाख्रा वितरण

hamronepaldainik

अतिक्रमण संरचना हटाउँदै वीरगञ्ज महानगरपालिका

hamronepaldainik

ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्टको फाईनल खेल ठाकुराम बहुमुखि क्याम्पस र नेशलन मेडिकल बीच हुने

hamronepaldainik
HamroNepalDainik