HamroNepalDainik.com
समाचारस्थानिय

अतिक्रमण संरचना हटाउँदै वीरगञ्ज महानगरपालिका

वीरगञ्ज, १७ असार  ।

वीरगञ्ज महानगरपालिका वडा नम्वर १५ मा सडक अतिक्रमण गरि बनेका भौतिक संरचना हटाइएको छ । प्रतितमा चोक भित्रतर्फको ट्रान्सफरमर चोकदेखि ध्रुब यादवको घरसम्म निर्माणाधिन सडकको दायाँबायाँ परेका घर टहरा महानगरको टोलीले आइतबार डोजर लगाएर हटाएको हो ।

सडकको दायाँ बायाँ परेका ७ वटा पक्कि भवन तथा टहरा हटाएको महानगरका प्रहरी प्रमुख हरि भुषालले जानकारी दिनुभयो । सडक निर्माण भइरहेको र सडकमा परेका संरचना हटाउन पटक पटक अनुरोध गर्दा पनि अटेर गरेपछि महानगरको टोली पुगेर संरचना हटाएको हो ।

स्थानीयलाई संरचना हटाएर सडक निर्माण सहयोग गर्न पटक पटक अनुरोध गर्दा पनि अटेर गरेपछि महानगरको टोली बोलाएर अतिक्रमित संरचना हटाइएको वडा नम्वर १५ का वडा अध्यक्ष रमेश यादवले बताउनुभयो ।

‘स्थानीयलाई पटक पटक अतिक्रमण गरेर संरचना हटाउन म आफैले अनुरोध गरे,’ उहाँले भन्नुभयो, ‘अटेर गरेपछि सडक निर्माणलाई अघि बढाउन महानगरको टोली बोलाएर अवरोध हटाउने लगाएको हुँ ।’ महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी तथा अतिक्रमित जग्गा मुक्त गराउने अभियान नै चलाइरहेको छ ।

Related posts

मधेशको तेस्रो जित, कर्णाली ६१ रनले पराजित

hamronepaldainik

बहुदरमाई नगरपालिकामा : बहुदरमाई जनस्वास्थ्य प्रयोगशाला उदघाटन

hamronepaldainik

बिरगंज नापी कार्यालय बाट घुससहित दुई जना पक्राउ

hamronepaldainik
HamroNepalDainik