HamroNepalDainik.com
समाचारस्थानिय

बिरगंज क्षेत्रमा एकैदिनमा २२ जना कोरोना संक्रमणको सिकार

पर्सा, २७ पौष / प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका बिरगंज क्षेत्रमा एकैदिनमा २२ जना कोरोना संक्रमणको सिकार बनेको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार पछिल्लो समयमा कोरोनाको पहिलो र दोश्रो लहरमा हटस्पट बनेको बिरगंजमा संक्रमण फेरि बढन थालिएको हो ।
आज नारायणी अस्पतालको प्रयोगशालामा ५८ जनाको पीसीआर परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । सोमबार परिक्षण गरिएकामध्ये ३९ प्रतिशतमा कोरोना संक्रमण भेटिएकोले चिन्तित बनाएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाका अनुसार सोमबार साँझ संक्रमण पुष्टि भएका २२ जनामा १९ जना वीरगन्ज महानगरका स्थायी बासीन्दा हुन् भने बाँकी ३ जना छिमेकी बारा, रौतहट र मकवानपुर स्थायी घर भएपनि वीरगन्जमा बस्दै आएकाहरु मध्ये हुन् ।
नारायणी अस्पताल र एडभान्स अस्पतालमा उपचार गराइरहेका मध्ये २ जनामा कोरोना संक्रमण देखिएको डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । दोश्रो लहरपछि कोरोना संक्रमण शून्य अवस्थामा पुगिसकेको वीरगन्जमा सोमबार एकैदिन परिक्षण गरिएका ५८ मध्ये २२ जनामा संक्रमण भेटिनुले वीरगन्ज फेरि कोरोनाको भूमरीमा परेको पुष्टि भएको डाक्टर सिंहले बताए । उहाका अनुसार अहिलेपनी महानगरमा लापरबाही भए आउने २ हप्ता भित्र भ्यवाह स्थित हुन सक्ने बताए ।
सोमबार ५८ जनाको परिक्षण गर्दा झण्डै ३९ प्रतिशतमा संक्रमण भेटिनुले स्थिती नियन्त्रण बाहिर जान सक्ने खतरा देखिएको डाक्टर सिंहले दाबी गर्नु भयो । सोमबार नै वीरगन्जको इनर्वा नाकाको हेल्थ डेस्कमा भारतबाट प्रवेश गर्नेहरुको एन्टिजेन परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको छ । इनर्वा नाकामा गरिएको परिक्षणमा संक्रमण पुष्टी हुने १३ मध्ये ९ जना भारतीय र ४ जना नेपाली रहेको हेल्थ डेस्क इन्चार्ज डाक्टर अनिषा महत्तोले बताएकी छन ।
डाक्टर सिंहका अनुसार परिक्षण दायरा बढाउन थालियो भने दैनिक हजार भन्दा बढिमा कोरोना संक्रमित पुष्ठि हुन्छ र एउटा मात्रै नारायणी अस्पतालले मात्र धाउन नसक्ने बताएका छन । उनका अनुसार बिरगंजमा निजि अस्पतालहरु पनि ब्यवस्था मिलाउन जरुरी रहेको बताए ।

Related posts

पोखरिया नगरपालिकामा लोसपा बाट मेयरमा समानी र उप – मेयरमा आशा देवीको उमेदवारी दर्ता

hamronepaldainik

तीज व्रतको दिन पशुपति पुगिन् राष्ट्रपति

hamronepaldainik

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न: प्रधानमन्त्री देउवा आज वीरगञ्जमा

hamronepaldainik
HamroNepalDainik