HamroNepalDainik.com
समाचार

लागु औषध सहित एक जना पक्राउ

वीरगञ्ज पर्सा,

वीरगंजबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे प्रहरी टाेलीले धोबीनी गाउँपालिकाकाे वडा नं. २  आशवारी बस्ने वर्ष १९ को पृथ्वी सिंह कुर्मीलाई पक्राउ गरेकाे हाे ।

विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले आईतबार वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१५ अलपाईन स्कुल स्थित शंकाष्पदरूपमा पैदल हिंडिरहेका कुर्मीले बोकेको चामलको बोरा चेकजाँच गर्दा  लुकाइछिपाई ल्याएको लागु औषध बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उनकाे साथबाट लागु औषध नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल फेला परेको छ ।

उक्त लागु औषधसहित निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

 

Related posts

बस दुर्घटना हुँदा २६ जना घाइते, पटेर्वासुगौलीका राजकुमारीको अवस्था गम्भिर

hamronepaldainik

जगरनाथपुर दाेस्राे अध्यक्ष कप क्रिकेट टुर्नामेन्टकाे उपाधि वडा नं. ५ लाई

hamronepaldainik

ब्याग बितरण कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik