HamroNepalDainik.com
समाचार

छिपहरमाई गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) काे गाउँ कमिटी गठन

वीरगंज । पर्सा,

पर्साकाे छिपहरमाई गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) काे गाउँ कमिटी गठन भएकाे छ । छिपहरमाई गाउँपालिकाकाे वडा नं. ३ झलमैयामा शनिबार भएकाे एक भेलाले रामचन्द्र साहकाे अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी गठन गरेकाे हाे । नवगठित कमिटीकाे उपाध्यक्षमा कवलसरिफ राउत गद्दी, सचिवमा दिनेश साह, सह सचिवमा बिर बहादुर कुर्मी, काेषाध्यक्षमा सुनिल कुमार साह, सदस्यहरुमा राघव यादव, कमरुदिन मियाँ, हरेन्द्र प्रसाद कुशवाहा, साहिल पटेल, समिर मियाँ लगायतकाे रहेका छन् । पार्टीका जिल्ला सचिवालय सदस्य राघव साहकाे अध्यक्षता र पाेलिटव्युराे सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा केन्द्रिय सदस्य चिरन्जिवी अचार्य, पर्सा जिल्ला अध्यक्ष बालगाेपाल थापा, लेखा समिति सदस्य किशाेरी कुशवाहा, जिल्ला सचिव बिक्रम चाैरसिया, जिल्ला सचिवालय सदस्य बृजलाल पासवान, अधिवक्ता प्रमाेद साह, जिल्ला सदस्य रंजित साह, राम कुमार पाण्डे लगायतकाे सहभागिता रहेकाे थियाे ।

Related posts

हरिखेतान क्याम्पसका प्रमुखले मनोमानी गरेको भन्दै नेवि संघद्वारा आन्दोलनको घोषणा

hamronepaldainik

तराईमा चिसो बढेसँगै आगोको सहाराले दिनचर्या विताउँदै सर्वसाधारण

hamronepaldainik

ठाकुरराम क्याम्पसमाको स्ववियु चुनावमा खस्याे ४० प्रतिशत मत

hamronepaldainik
HamroNepalDainik