HamroNepalDainik.com
समाचारस्थानिय

हरिखेतान क्याम्पसका प्रमुखले मनोमानी गरेको भन्दै नेवि संघद्वारा आन्दोलनको घोषणा

वीरगञ्ज, ६ माघ । नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई कमिटीले आन्दोलनका कार्यक्रम सार्वजनीक गरेको छ ।

हरिखेतान क्याम्पसमा ७ बुँदे मागसहित ३ दिने अल्टिमेटम दिँदा पनि क्याम्पस प्रमुख डा. भगवान प्रसाद यादवले कुनै वास्ता नगरेको भन्दै यस्तो गैर जिम्मेवार पुर्ण रवैयाको भणडाफोर गर्न र हरिखेतान बहुमुखी क्याम्पसलाई सुशासन र सहि बाटोमा ल्याउन एक भ्रष्ट र हैकमवादी चित्रण रहेको प्रमुखको विरुद्ध नेवि संघले आन्दोलनका कार्यक्रम सार्वजनीक गरेको हो । बिहिवार नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गर्दै नेविसंघले शुक्रवार देखि १२ गतेसम्मका लागि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनीक गरेको हो ।
नेविसंघ ठाकुरराम ईकाई कमिटीका अध्यक्ष मनोज कुमार साह द्वारा प्रस्तुत विज्ञप्तीमा उल्लेख भए बमोजिम भोली माघ ७ गते शुक्रवार हरिखेतान क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना दिइने कार्यक्रम छ ।
यस्तै ९ गते आइतवार सञ्चालक समितीका सदस्यहरुलाई ज्ञापन पत्र बुझाउने र छलफल गर्ने, १० गते पर्सा जिल्लाका पार्टी सभापतिहरुलाई ज्ञापन पत्र बुझाउने, ११ गते घण्टाघरमा हस्ताक्षर अभियान सञ्चालन गर्ने १२ गते प्रधानमन्त्री, शिक्षा मन्त्री, प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत म्यासेज पठाउने र अन्तिममा शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटी ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको नेबि संघका अध्यक्ष साहले जानकारी गराए ।
साहले क्याम्पस प्रमुख डा. यादवले अभिभावक र कानुनलाई आफ्नो गोजीको पेवा बनाएर मनोमानी ढंगले क्याम्पस सञ्चालन गरीरहेको विज्ञप्ती मार्फत आरोप लगाए।

Related posts

अतिरिक्त हुलाक खारेजीकाे विराेधमा कर्मचारीहरु आन्दाेलित

hamronepaldainik

छिपहरमाई गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) काे गाउँ कमिटी गठन

hamronepaldainik

कालिकामाई गाउँपालिकाको ९ औं गाउँसभा : ३० करोड ९१ लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik
HamroNepalDainik