HamroNepalDainik.com
उधोगसमाचार

वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल

Avatar

वीरगंज ३० फागुन ।

वीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष अनिल कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।

संघको आज सम्पन्न पदाधिकारी निर्वाचनमा सर्वसम्मत रुपमा अग्रवाल अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद गौतम, द्विती यउपाध्यक्षमा माधव राजपाल, महासचिवमाआशीष कुमार लाठ, कोषाध्यक्षमा शिबजी प्रसाद साह, सचिवमा सुशान्त चाचान र प्रेमचन्द्र गोयल, सह कोषाध्यक्षमा अनोज रुंगटा, सहसचिवमा निरज अग्रवाल र नरेश कुमार टिबडेवाल निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष अग्रवालले आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपले निर्वाचित गराउने सम्पूर्ण पदाधिकारी तथा कार्यसमितीलाई धन्यवाद ज्ञापन गर्दै अगामी दिनमा यसैगरी हातेमालोे गरि अगाडी बढने प्रतिबद्धता ब्यक्त गर्नु भयो । संघको विद्यान बमोजिम १२ जना पदाधिकारी रहने व्यवस्था थियो । निवर्तमान अध्यक्ष स्वतःपदाधिकारीमा आउने पनि विद्यानमा व्यवस्था छ । त्यस्तै तृतीय उपाध्यक्ष अर्थात रोजगारदाता समितिको संयोजकको मनोनयन नयां कार्य समितिको पहिलो बैठकले गर्ने व्यवस्था भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए ।

Related posts

सरकारी सूचना वितरणमा विभेदको विरोधमा पर्साका सञ्चारकर्मीको दोस्रो दिन पनि धर्नामा

hamronepaldainik

जिराभवानी गाउँपालिका अध्यक्षमा सरोज चौरसियाको चर्चा, सम्भावित उम्मेदवारीले बढायो राजनीतिक चासो

hamronepaldainik

नेपाल युवा परिषद्को आयोजनमा वडा नं. १७ अलौंमा बृक्षारोपण सम्पन्न

hamronepaldainik
HamroNepalDainik