HamroNepalDainik.com
समाचार

बेहुली लिएर फर्केको बस दुर्घटना, ५ जनाको मृत्यु

५ मंसिर,  । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट बेहुली लिएर वडा नम्बर ६ को सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।

जिपमा ७ जना सवार रहेको जानकारी आएको प्रहरी निरीक्षक खड्काले बताए । जिप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ ।

Related posts

हावाटंकी बिस्फोट हुँदा १ जानाको मृत्यु १ घाइते

hamronepaldainik

मुख्यमन्त्रीको छड्के जाँच अस्पतालमा भेटिएनन् चिकित्सक

hamronepaldainik

थप २२० जनामा कोरोना संक्रमण, २६३ जना निको

hamronepaldainik
HamroNepalDainik