HamroNepalDainik.com
समाचार

थप २२० जनामा कोरोना संक्रमण, २६३ जना निको

५ पुस, काठमाडौं। पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २१८ जना र १ हजार ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी २२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६३ जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ९३७  पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११

हजार ५७४ पुगेको छ भने ८ लाख ९ हजार १५५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ जना रहेका छन् । जसमध्ये ४ हजार ९६४ जना होम आइसोलेसनमा रहेका छन् भने २६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना २७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जना कोरोना संक्रमित थपिएका छन् । onlinekhabar

Related posts

आधा दर्जन पत्रकारका आफन्तहरुकाे निधन, समाजवादी प्रेस संगठनद्वारा श्रद्धाञ्जली अपर्ण

hamronepaldainik

पर्सा क्षेत्र नं.३(क) को प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल लोकप्रिय बन्दै

hamronepaldainik

पाँचथर बिस्फोटको घटनाका दोषीलाई कारबाही गर : मानव अधिकार आयोग

hamronepaldainik
HamroNepalDainik