HamroNepalDainik.com
समाचारस्थानिय

पोखरिमा नुहाउन गएको बालिका डुबेर मृत्यु

बिरगंज पर्सा ,

पोखरिमा नुहाउन गएको बालिका डुबेर मृत्यु भएको छ।गोबिन्द्पुर पुरानोटोलको अर्जुन साहको नाति ,अशोक साहको छोरि बर्ष १० कि अर्चना कुमारि साह को डुबेर मृत्यु भएको छ।

केही दिन अगाडि पोखरिलाई मर्मतसम्भारको लागि जेसिवि लगाईएर खनेकोको थियो। यसपालिका पानी निकै परेको कारण पोखरिमा पानि पनि धेरै रहेको छ। तिहारको रौनक रहेको बेला यस्तो दुखद घटना घटनुले परिबारजनमा रुवाबासिको साथ साथ गहिरो संबेदना परेको छ ।

गाउँबासिमा पनि तिहारको जस्तो सुखद अबसरमा यस्तो घटनाले निकै मर्माहत बनाएको छ।यसै पोखरिमा गाउँबासिले हरेक बर्ष छठ मनाउने गदर्थे।यसपालि तिहार र छठको मुखमा यस्तो घटना घटेकोले यसपाली छठ उक्त पोखरिमा कसरी बनाउने भन्ने कुरा तनाबको बिषय बनेको छ।

Related posts

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

hamronepaldainik

सातौ उधोग दिवस, २०७८ सम्पन्न

hamronepaldainik

न्याय माग्दा मग्दै प्रहरी ,अदालत को कर्मचारी अगाडी कुटपिट गरि हत्या गरियो,आरोपितलाइ बचाउन प्रहरी र सरकारि वकिल सकृय

hamronepaldainik
HamroNepalDainik