HamroNepalDainik.com
समाचार

नेविसंघ ठाकुर राम एकाई समितिका सभापति मनोज कुमार साह को नेतृत्व मा हरिखेतान क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना

वीरगंज, पर्सा

नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समिति का सभापति मनोज कुमार साह को नेतृत्व मा शुक्रवार हरिखेतान बहुमुखी क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना दिएका छन्।

यस्तै कार्यक्रम अनुसार माघ ९ गते आइतवार सञ्चालक समितीका सदस्यहरुलाई ज्ञापन पत्र बुझाउने र छलफल गर्ने, १० गते पर्सा जिल्लाका पार्टी सभापतिहरुलाई ज्ञापन पत्र बुझाउने, ११ गते घण्टाघरमा हस्ताक्षर अभियान सञ्चालन गर्ने र १२ गते प्रधानमन्त्री, शिक्षा मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई फोनमार्फत दबाबमुलक म्यासेज पठाउने र अन्तिममा शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको संघका ईकाई अध्यक्ष साहले बताए ।

यस्तै, संघले क्यु.ए.ए. क्वालिफाईड क्याम्पस भएकोमा टियुको युजिसि ग्रान्टको रकम कुन ठाउँमा र कसरी खर्च हुने गरेको छ त्यो पनि सार्वजनिक गर्नुपर्ने, कर्मचारी भर्नाको प्रक्रिया तथा भर्ना गरिएको कर्मचारीहरु बर्षाै बर्षाैदेखि कार्यरत हुँदा निजहरूको सञ्चय कोषको रकम वा समाजिक सुरक्षा कोषको रकम कट्टा गरि सम्बन्धित कार्यालय किन जम्मा नगरि निजहरु प्राप्त गर्ने सुबिधाहरुबाट किन बञ्चित गरेको त्यो पनि सार्वजनिक गर्नुपर्ने लगायतको नेवि संघले माग रहेको छ ।
साथै बिभिन्न किसिमका मागहरु जस्तै:-१.हरिखेतान बहुमुखी क्याम्पसलाई सामुदायिक क्याम्पस सरह सन्चलन गर।
२.त्रिभुवन बिश्व बिधालय अनुदान आयोगको खर्च सार्वजनिक गर।
३.त्रिभुवन बिश्व बिद्यालय अनुसारको शुल्क कायम गर।
४.विद्यार्थीहरुलाइ पाउने गरिब तथा जेहन्दार विद्यार्थीको फ्री सीप कायम गर।
५.२० बर्ष देखिको आय ब्यय सार्वजनिक गर।
६.२० बर्ष देखि एउटै क्याम्पस प्रमुख किन ?
७.क्लास नगरि लिएको शुल्क फिर्ता गर
८.२०% फ्री सिपको कोटा सार्वजनिक गर
९.विद्यार्थी एकता जिन्दावाद
१०.संचालक समितिको अधुरो रहेको नाम सार्वजनिक गर र अधुरो रहेको पदमा व्यक्ति न्युक्ती गर।
११.प्रष्ट क्याम्पस प्रमुख मुर्दावाद।
१२.कर्मचारीहरुलाइ सन्चय कोष वा सामाजिक सुरक्षाकोषमा दर्ता गर।
१३.होस्टेल निर्माणको गुणस्तरीय छानबिन गर र खर्चहरु सार्वजनिक गर।
१४.कोरोना बिदामा विद्यार्थी संग लिएको शुल्क मिन्हा गर।
१५.अभिभावक भेलावाट सन्चालक समिति गठन गर। लगायत का मागहरु राखेका छन्।

उक्त धर्नामा ने.वि.संघका जिल्ला उपाध्यक्ष समीर हुसैन,यूथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता,ताफा अन्सारी,दिना गुप्ता, बिटु पटेल,राहुल ठाकुर,सुधन्सु चौरसिया,राहुल चौरसिया सहभागी थियो।

Related posts

बारामा एक महिलाको शव फेला

hamronepaldainik

गठबन्धनले दियो घरदैलोलाई निरन्तरता, राजेशमान प्रतिको आकर्षण बढ्दै

hamronepaldainik

हरेराम-हरेकृष्ण नामको किर्तन गर्नेमाथि प्रहरी निरिक्षक शाहीको दादागिरी

hamronepaldainik
HamroNepalDainik