HamroNepalDainik.com
राष्ट्रियसमाचार

सन् २०३० भित्र वन फडानी रोक्न विश्वका नेताहरू सहमत

१६ कात्तिक,  । स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा सहभागी देशका नेताहरू सन् २०३० भित्र वन फँडानी रोक्न सहमत भएका छन् ।

यो सहमतिमा आज एक सय भन्दा बढी देशका नेताहरूले हस्ताक्षर गर्ने छन् ।

यो सहमतिलाई सम्मेलनको एक महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको बीबीसीले जनाएको छ । सहमतिमा हस्ताक्षर गर्ने देशहरूले विश्वको ८५ प्रतिशतभन्दा बढी वन क्षेत्र ओगट्छन् ।

वनजंगल विनास हुनुलाई जलवायु परिवर्तनको एक कारण मानिन्छ । सहमतिमा वन क्षेत्रको पुनःस्थापनाका लागि वित्तीय सहयोग र लगानीको वाचासमेत गरिने बीबीसीले जनाएको छ ।

Related posts

जीविकोपार्जनको लागि महिला समुहका सदस्यहरुलाई बाख्रा वितरण

hamronepaldainik

घुम्न गएका विद्यार्थीले चढेको जिप दुर्घटनामा परी , ८ जनाको मृत्यु

hamronepaldainik

बिहिबारदेखि सरकारी खर्च ५ देखि ७ दिनसम्म रोकिने

hamronepaldainik
HamroNepalDainik