HamroNepalDainik.com
समाचारस्थानिय

सहमुहीक बलात्कारको प्रयासमा दुई जनालाई पक्राउ

बिरगंज पर्सा ,

प्रहरीले सहमुहीक बलात्कारको प्रयासमा दुई जनालाई पक्राउ गरेको छ । १६ वर्षीया किशोरीलाई जर्बजस्ती बलात्कार प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज–२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् ।
उनीहरुले कात्तिक ९ गते बिहान ६ बजे १६ वर्षीया किशोरी ट्युसन पढ्न निस्केको बेलामा फोटो स्टुडियोभित्र लगेर बलात्कार प्रयास गरेको प्रहरीको दाबी छ ।

युवतीले उनीहरुविरुद्ध जाहेरी दिएको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुविरुद्ध जबरजस्ती करणी उद्योग कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

पर्सा क्षेत्र नं.३(क) को प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल लोकप्रिय बन्दै

hamronepaldainik

बिन्दवासिनी गाउँपालिका अध्यक्षमा लोसपा बाट तिवारी र उपाध्यक्षमा एमाले बाट चाैरसिया विजयी

hamronepaldainik

सातौ उधोग दिवस, २०७८ सम्पन्न

hamronepaldainik
HamroNepalDainik