HamroNepalDainik.com
समाचारस्थानिय

सहमुहीक बलात्कारको प्रयासमा दुई जनालाई पक्राउ

बिरगंज पर्सा ,

प्रहरीले सहमुहीक बलात्कारको प्रयासमा दुई जनालाई पक्राउ गरेको छ । १६ वर्षीया किशोरीलाई जर्बजस्ती बलात्कार प्रयास गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज–२१ बस्ने २० वर्षीय बिकर ठाकुर हजाम र २५ वर्षीय अनिल महतो कोइरी रहेका छन् ।
उनीहरुले कात्तिक ९ गते बिहान ६ बजे १६ वर्षीया किशोरी ट्युसन पढ्न निस्केको बेलामा फोटो स्टुडियोभित्र लगेर बलात्कार प्रयास गरेको प्रहरीको दाबी छ ।

युवतीले उनीहरुविरुद्ध जाहेरी दिएको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका उनीहरुविरुद्ध जबरजस्ती करणी उद्योग कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

वीरगंज नाकाबाट ट्रकमा लागु औषधकाे तस्करी, दुई ट्रकसहित चार जना पक्राउ

hamronepaldainik

इन्सेककाे अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

hamronepaldainik

हाेलीकाे अवसरमा काेर एससीबी रक्सौलद्वारा रक्तदान, ३० जनाले दिए रगत

hamronepaldainik
HamroNepalDainik