HamroNepalDainik.com
समाचार

हृदयघातको कारणले युवा पत्रकार नरेश सरार्फको निधन

बिरगंज १५ मंसिर । पर्साका चर्चित युवा पत्रकार नरेश सर्राफको दु:खद निधन भएको छ । आज बिहन उनको हृदयघातबाट निधन भएको हो । समाजवादी प्रेस संगठन नेपाल तथा नेपाल पत्रकार महासंघ पर्साको कार्यसमिति सदस्य समेत रहनुभएका उहाँ घरमै आज विहान व्ययाम गरिरहेको समयमा एक्कासी भुईमा लडेर बेहोस हुनुभएको थियो ।अचेत अवस्थामा सर्राफलाई उपचारका लागी बीरगन्जको नारायणी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको हो । उहाँको मृत्यु हृद्यघातको कारणले भएको हुन सक्ने चिकित्सकले अनुमान गरेको छ ।

विभिन्न स्थानीय तथा राष्ट्रिय स्तरको सञ्चार संस्थामा सगरमाथा टेलिभिजनका पर्सा संवाददाता, राष्ट्रसन्देश अनलाईनका सम्पादक प्रकाशक समेत रहनुभएका सर्राफ लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँको मृत्युको खबरले पत्रकारिता जगतमै शोक छाएको छ । उहाँको निधनको खबर पाएपछि वीरगन्जका पत्रकारहरु सबै जना नारायणी अस्पतालमा पुगेका छन् ।

यद्दपी अस्पताल भर्ना गर्नभन्दा पहिलानै उनको मृत्यु भइसकेको चिकित्सकले बताएका छन् । नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. सरोज रोशन दासका अनुसार अस्पताल ल्याउँदा बाटोमै उनको मृत्यु भइसकेको थियो । अस्पतालको आपतकालीन वार्डमा सर्राफलाई मृत घोषणा गरिएको थियो ।

सर्राफ विगत डेढ दशकदेखि वीरगञ्जलाई आफ्नो कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका थिए । सगरमाथा टेलिभिजनको पर्सा जिल्ला संवाददातासँगै राष्ट्र सन्देश अनलाईनका अध्यक्षसमेत रहेका सर्राफ समाजवादी प्रेस संगठनसँग पनि आबद्ध थिए ।
उनको निधनले पर्सेली पत्रकारिताको क्षेत्रमा अपुर्णिय क्षती पुगेको छ । पत्रकार जगतमा शोक छाएको छ ।

Related posts

चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ विरुद्ध विरोध प्रर्दशन

hamronepaldainik

जसपा पर्साको कार्यालय रहेको घर भाडा नतिरेपछि घर खाली गराईदिन प्रशासनलाई गुहार

hamronepaldainik

युवा नेता अनोज चौधरीले आफ्नो बुबाको सपना साकार गरन राजनितिक मा हुमिए हुन।

hamronepaldainik
HamroNepalDainik