HamroNepalDainik.com
समाचारस्थानिय

जसपा पर्साको कार्यालय रहेको घर भाडा नतिरेपछि घर खाली गराईदिन प्रशासनलाई गुहार

वीरगंज । जनता समाजवादी पार्टी पर्साको कार्यालय रहेको कोठा खालि गर्न घरसाहुले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका छन् ।

वीरगंजको मूर्लिस्थित सुरेश आयलको छेउमा मेनरोडमै रहेको जसपा, पर्साका पार्टी कार्यालयले विगत ४३ महिनादेखी कोठाभाडा नतिरेकोले उक्त कोठा खाली गर्न घरसाहुले बुधबार जिप्रका पर्सामा निवेदन दिएका हुन् ।

बाराको प्रसौनी गाउँपालिका वडा नं. ३ निवासी बैजनाथ प्रसाद साहको वीरगंज मूर्लिस्थित रहेको घरको माथिल्लो तल्लाको दुईवटा कोठासहितको फ्ल्याट जसपा पर्साले भाडामा लिई पार्टी कार्यालय राखेको छ । प्रति महिना रु ८ हजारको दरले विगत ४३ महिनादेखी कोठाको भाडा रु ३ लाख ४४ हजार बाँकी रहे पनि आफू पटक पटक भाडा माग्दा भाडा पार्टीले भाडा नतिरेपछि बाध्य भएर कोठा खाली गरि भाडा दिलाईदिन निवेदन दिएको घर साहु बैजनाथ प्रसाद साहले बताए ।

घरधनी साहले भने, ‘‘जसपा पर्साको तत्कालिन अध्यक्ष प्रदीप यादव भएको बेला ४/५ महिनामा भाडा पाउँथे, तर अहिले जसपा पर्साका अध्यक्ष रामनरेश यादव र सचिव तब्रेज अहमदलाई पटक पटक भाडा दिन आग्रह गरे पनि विगत ४३ महिनादेखी भाडा दिनुभएको छैन् ।’’ पटक पटक भाडा मांग गरेपनि वहाँहरुले वास्ता नगर्दा घर खाली गराउन बाध्य भएको घरधनी साहको भनाई छ ।

यता जसपा पर्साका अध्यक्ष रामनरेश यादवले कोठाभाडा बाँकी रहेको स्वीकार्दै हामीले यही १४ गते नयाँ ठाउँमा पार्टी कार्यालय सार्न लागेकोले जेजति भाडा बाँकी छ सबै तिर्ने साहुलाई भनेको बताए् । तर घरधनीले आफूलाई त्यस्तो केही थाहा नभनिएको बताए ।

Related posts

ईटियाहीमा निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर

hamronepaldainik

विन्दवासिनीका अध्यक्ष तिवारीको शिक्षा प्रतिको लगाव बढदै, राधा कृष्ण चौरसिया माविमा चार कोठे भवनको शिलान्यास

hamronepaldainik

बिधालय ब्यवस्थापन समिति गठन बारे संवाद कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik