HamroNepalDainik.com
समाचारस्थानिय

स्व. पत्रकार सर्राफको परिवारलाई वीरगंज महानगरद्वारा ५ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा

वीरगंज , २५ मंसिर / वीरगंजका युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगंज महानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो वीरगंज परिसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरे ।
सर्राफको निधनले पर्सेली पत्रकारितामा कमी महशुस गराएको भन्दै मेयर सिंहले उनको सम्झनामा पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृति कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताए । यस्तै उनले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए ।
यस्तै स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगंजले १ लाख, समाजवादी प्रेस संगठनले १ लाखको चेक हस्तान्तरण गरेका थिए भने भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका नेता तबरेज अहमदले स्मृत्ति कोष स्थापना गर्दा आफ्नो १ महिनाको तलब बराबरको रकम ५० हजार कोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रेडियो वीरगञ्जका अध्यक्ष ध्रुव साहको सभापतित्वमा भएको श्रद्धाञ्जलीसभामा पर्साका पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी सहभागि रहेका थिए । कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका पर्सा जिल्ला अध्यक्ष मनोज पटेलले गरेका थिए ।

Related posts

नक्कली ऋणीको नाममा कर्जा निकाली लघुवित्त ठगी गर्ने प्रहरीको फन्दामा

hamronepaldainik

हराएका २६ मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

hamronepaldainik

पूर्व मेयर धर्मेन्द्र पटेल, प्रभु साहकाे स्वतन्त्र जिताउ अभियानमा

hamronepaldainik
HamroNepalDainik