HamroNepalDainik.com
समाचारस्थानिय

जिराभवानी गाउँपालिका वडा नं। ३ जितपुरमा निःशुल्क आँखा शिविर

वीरगंज १३ असोज ।
लाटोमाई सेवा समिति जिराभवानी गाउँपालिका वडा नं: ३ जितपुर पर्साको आयोजनामा एक दिन निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ ।
जिराभवानी गा.पा. वडा नं: ३ को कार्यालय नजिकै भएको शिविरबाट सयौं जना लाभान्ति भएको आयोजक संस्थाले जनाएको छ ।
व्यवस्थापक उमेश कुमार सिंहको अध्यक्षतामा भएको सो शिविरमा जय पोली क्लिनिक संगै रहेको नारायणी आई केयर बिर्ता वीरगंजका आँखा रोग विशेषज्ञ डा. बि.डि. चौरसिया, दृष्टि विशेषज्ञ राजेश यादव र प्रभात चौरसिया लगायतको टिमले आँखा परिक्षण गरेको जनाईएको छ । सो अवसरमा बिरामीहरुलाई निःशुल्क औषधी तथा चश्मा वितरण गरिएको थियो ।

Related posts

नारायणी अस्पतालका डाक्टरलाई हातपात गर्नेलाइ कारबाही गर्न चिकित्सक संघको माग

hamronepaldainik

कार्यपालिका निर्वाचनमा एमालेले ६ सदस्य जित्दा जसपाका अस्लम आलम पनि विजयी

hamronepaldainik

पटेर्वा सुगौलीको सातौं गाउँ सभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik