HamroNepalDainik.com
समाचारस्थानिय

जिराभवानी गाउँपालिका वडा नं। ३ जितपुरमा निःशुल्क आँखा शिविर

वीरगंज १३ असोज ।
लाटोमाई सेवा समिति जिराभवानी गाउँपालिका वडा नं: ३ जितपुर पर्साको आयोजनामा एक दिन निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ ।
जिराभवानी गा.पा. वडा नं: ३ को कार्यालय नजिकै भएको शिविरबाट सयौं जना लाभान्ति भएको आयोजक संस्थाले जनाएको छ ।
व्यवस्थापक उमेश कुमार सिंहको अध्यक्षतामा भएको सो शिविरमा जय पोली क्लिनिक संगै रहेको नारायणी आई केयर बिर्ता वीरगंजका आँखा रोग विशेषज्ञ डा. बि.डि. चौरसिया, दृष्टि विशेषज्ञ राजेश यादव र प्रभात चौरसिया लगायतको टिमले आँखा परिक्षण गरेको जनाईएको छ । सो अवसरमा बिरामीहरुलाई निःशुल्क औषधी तथा चश्मा वितरण गरिएको थियो ।

Related posts

राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनको जिल्ला अध्यक्षमा चौरसिया निर्बिरोध निर्वाचित

hamronepaldainik

महानगरपालिका भित्र रहेका होटेल, रेस्टुरेन्टको अनुगमन कार्य सुरु

hamronepaldainik

पशुपतिनाथमा भक्तजनको भीड, व्यवस्थित रूपमा दर्शन गर्न सकिने

hamronepaldainik
HamroNepalDainik