HamroNepalDainik.com
राष्ट्रियसमाचार

वीरेन्द्रनगर नगरपालिकाको एक वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ नं वडा कार्यालयमा एकजनाले आगजनी गरेका छन् । सोही वडाका वास्ताम लामिछानेले बुधबार वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

उनले पेट्रोल छर्केर आगजनी गरेको वडाध्यक्ष गंगराम सुनारले जनाएका छन् । आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष वस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको छ ।

वडाध्यक्ष कार्यकक्षमा नभएको मौकामा आगजनी गरिएको हो । आगजनीपछि प्रहरी घटनास्थल पुगेको छ । मेयर देवकुमार सुबेदी पनि घटनास्थल पुगेका छन् ।

Related posts

पार्टीका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार जयसवाल नै सक्षम रहेकोले उनको जित निश्चित

hamronepaldainik

वीरगंज नगर सभागृहका संचालक राजनीतिक आडमा समझदारी पत्रको उलंघन गर्दै

hamronepaldainik

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

hamronepaldainik
HamroNepalDainik